Sunday, June 24, 2012




nepalma ट्राफिक नियम उल्लंघन गर्दा चालकले तिर्ने जरिवाना अब बैंकमा बुझाउनुपर्ने भएको छ । यसअघि सर्वसाधारणले ट्राफिक कार्यालयमा बुझाउने गरेका थिए ।'गभर्नरले हस्ताक्षर गरेपछि ग्लोबल बैंकमा जरिवाना बुझाउने प्रक्रिया सुरु हुन्छ,'। ट्राफिकले उपत्यकामा मात्रै मासिक १ करोडभन्दा बढी राजस्व संकलन गर्ने गरेको छ । ट्राफिकलाई जरिवाना बुझाउँदा सर्वसाधारणलाई रसिद नदिने, नक्कली रसिद छपाएर राजस्व अनियमितता गरेको आरोप लागेको थियो ।

अभिनेता हरिवंश अचार्यले दोस्रो विहे गरेका छन्। बिहीबार गोगंबु,टोखामार्गमा उनले बुटवलकी रमिला पाठकसंग विवाह गरेका हुन्।
पहिलो श्रीमती मिरा आचार्यको निधन भएको साढे १ वर्षपछि उनले विधुवा रमिलासंग वैवाहिक बन्धनमा बाँधिएका थिए। १२ वर्षदेखि विधुवा रहेकी रमिला हरिवंशभन्दा १० वर्ष कान्छी छिन्। हाल हरिवंश ५४ वर्षका छन्।बैंककमा रहेका मदनकृष्ण श्रेष्ठले स्काइपबाट दुवैलाई बधाई समेत दिए।

मलेसियामा भइरहेको एसीसी यु १९ एसिया कपमा नेपालले मलेसियालाई १०७ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २४८ रन बनायो। 
प्रतिउत्तरमा २४९ रनको लक्ष्य पछ्याएको मलेसियाले ४३ ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा समेटियो। शनिबारको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो। नेपालले आफ्नो तेस्रो खेल मंगलबार भारतसँग खेल्नेछ।

waर्ल्ड र युरोपेली च्याम्पियन स्पेन २-० ले फ्रान्सलाई क्वारटफाइनलमा हराएर युरो कपको उपाधि रक्षा गर्ने अभियानमा शनिबार अघि बढेको छ ।जितसँगै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । उसले फाइनल प्रवेशको लागि क्रिस्टियानो रोनाल्डोको पोर्चुगलविरुद्ध खेल्नेछ । आजको खेल इङल्यान्डविरुद्ध इटाली
आइन्च प्रोदुक्सन को प्रस्तुती मा आज राती ९ बजे फन एसिया अर्विङ मा निकै नै सफल मानिएको र च्र्‍चा  बटुल्न सफल नेपाली चलचित्र 'चपली हाइट्" लाग्दै छ