Sunday, May 6, 2012



सृष्टि श्रेष्ठले जितिन् मिस नेपालको उपाधि


सृष्टि श्रेष्ठ बनिन् मिस नेपाल

यसपालिको मिस नेपालको उपाधि चितवन घर भएकी सृष्टि श्रेष्ठले जितेकी छिन्। उनी ब्रिटिस नेपाली मोडलका रुपमा अन्तर्राष्ट्रिय फेसन सोहरुमा सहभागी भइसकेकी सुन्दरी हुन्। उनको बेलायतका म्यागेजिनहरुको कभर पेजमा समेत छापिइसकेको छ।
missnepal3


२३ वर्षकी सृष्टिको उचाइ औसत नेपाली महिलाको भन्दा निकै बढी अर्थात् ५ फिट नौ इञ्च छ। उनकी आमा र बुबा एक दशकभन्दा बढी समयदेखि बेलायतको कोर्नेलमा बस्दै आएका हुनाले उनी उतै हुर्केकी हुन्।

अन्तर्राष्ट्रिय मोडलका रुपमा सृष्टिको फोटो सेसनका फोटोहरु हेर्नुस्=


आज २५ सय ५६ औ बुद्ध जयन्ती

२४ वैशाख, काठमाण्डौ । भगवान गौतम बुद्धको २५ सय ५६ औ जन्म जयन्ति आईतबार बौद्ध धर्माबलम्बीहरुले नेपाल लगायत विदेशमा पनि धुमधामका साथ मनाउदै छन । गौतम बुद्धको जन्म र मृत्यु भएको विश्वासका साथ हरेक बर्षको वैशाख पुणर्ीमाको बिशेष महत्व रहेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विहानै देखी स्वदेशी तथा विदेशी वौद्ध धर्माबलम्बीको बाक्लो उपस्थिती रहेको छ । बुद्ध जयन्तिकै अबसर पारेर सरकारले आज सार्बजनिक विदा समेत दिएको छ । गौतम बुद्धको शाक्य बंशमा इशापूर्ब पाँच सय बर्ष अगाडि जन्म भएको हो ।
यसैबीच सरकारले सन २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरि लुम्बिनी भ्रमणबर्ष पनि मनाईरहेको छ । बुद्ध जयन्तीको अबसरमा महायानी, बज्रयानी र थेरबादी बौद्ध गुरु तथा भिक्षु लामाहरुले पुजा पाठ गरीरहेका छन् । कार्यक्रममा भाग लिन बुद्ध जन्मस्थल लुम्बिनीमा दक्षिण कोरीयाली बरिष्ठ भिक्षु सनमक हेजा, विभिन्न देशका राजदुतहरु, विशिष्ट पाहुनाहरु, नेपाल सरकारका सचिव, सभासदहरु, दलका नेताहरु, बौद्ध धर्मालम्बीहरु, संघ संस्थाका प्रतिनिधीहरु लुम्बिनी पुगेको विकास कोषले जनाएको छ ।
यसैबीच राष्ट्रपति डा रामवरण यादवले महामानव गौतम बुद्धको २५ सय ५६ औँ जन्म जयन्तीको उपलक्ष्यमा एक शुभकामना सन्देश दिँनुहुदै आजको यस पवित्र दिनले नेपालका सम्पूर्ण धर्माबलम्वी, जातजाति, भाषाभाषीलाई एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्न र देशमा शान्ति तथा सुव्यवस्था गर्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति परमानन्द झाले पनि शान्ति र अहिंसाका प्रतिमूर्ति एवम् अग्रदूत भगवान गौतम बुद्धले देखाउनुभएको सद्मार्ग सबैका लागि सदैव अनुकरणीय र मननीय रही आएकोभन्दै शुभकामना दिनु भएको छ ।
यसैबीच प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नुभएको बोधीज्ञान आजसम्म पनि उत्तिकै शाश्वत रहेको बताउनुभएको छ । २५ सय ५६ औँ बुद्धजयन्तीका अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री डा भट्टराईले बुद्धको दर्शन कुनै एक सम्प्रदायको लागिमात्र नभई सम्पूर्ण मानव कल्याणका लागि भएको र यस दर्शनले भविष्यमा पनि मानव कल्याणमै योगदान दिइरहने विश्वास व्यक्त गर्नुभएको छ ।
बुद्व जयन्तीको अवसरमा बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि छुट्टाछुट्टै शुभकामना सन्देश दिनुहुँदै बुद्धले दिएको ज्ञान र सन्देश अहिले पनि आम नेपालीले अनुसरण गर्नुपर्ने बताएका छन् ।


लन्डन, वैशाख २४ -  
नेपालबाट लन्डन आउने क्रममा एक नेपालीको जहाजमै मृत्यु भएको छ । रुकुम तकसेरा स्थायी घर भई दाङ घोराहीमा बस्दै आएका ७९ वर्षीय सत्जित बुढाको कतार एयरवेजको जहाजमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गीय बुढा र उनकी धर्मपत्नी ६५ वर्षीया मनकली पारिवारिक भेटघाटका लागि गत विहीबार राती १०.३० को उडानमार्फत बेलायत आउंदै थिए । ति वृद्धा दम्पति आगामी २९ सेप्टेम्बरमा स्वदेश फर्कने टिकट थियो । 
आस्थमा र व्लड प्रेसरका विरामी बुढाको ऐयरलाइन्स्को लापरवाहीका कारण मृत्यु भएको आरोप परिवारको छ । 
मृतकका माइला छोरा भूपू गोर्खा विक्रम बुढाका अनुसार, काठमाण्डौंबाट उड्ने क्रममा स्वर्गीय बुढालाई चिकित्सकको सिफारिसमा चारवटा सिलिण्डरसहित ‘अक्सिजन’ लगाएर प्लेनमा चढाइएको थियो । दोहा कतारमा ‘ट्रान्जिट’ पछि लन्डन आउने दोश्रो उडानका क्रममा एयरलाइन्स् कर्मचारीलाई बुढाको दयनीय स्वस्थस्थिति अवगत गराउंदै अक्सिजन आवश्यक पर्ने बताउंदा त्यहा“ कार्यरत नेपाली र भारतीय कर्मचारीले प्रमाण विना त्यो व्यवस्था गर्न नसक्ने भन्दै स्वर्गीय बुढा र साथमै रहेकी उनकी धर्मपत्नीलाई स्वस्थ परिक्षणका लागि भनेर प्लेनबाट ओरालिदिए । 
करिव एक घण्टाको स्वस्थ परिक्षणपछि कतार ऐयरवेयजको अर्कै जहाजमा विना अक्सिजन राखिएका बुढाको उडेको केही समयमै मृत्यु भएको छोरा विक्रमले जनाए । बुढाको मृत्यु लगत्तै प्यारालाइसिस्की विरामी आमा मनकली अचेत भएकी थिइन् । 
अचेत भएकी आमाले अहिले केही बोल्न थालेकाले विस्तृत विवरण पाएपछि एयरलाइन्स् विरुद्ध कसरी जाने भन्ने तय गरिने छोराले बताए । 
बुढाको शव लन्डन अक्सब्रीजस्थित शवगृहमा राखिएको छ । सोमबार बेलायतमा सार्वजनिक विदा परेकाले मंगलबार मात्र विस्तृत विवरण दिने जानकारी अधिकारीहरुले दिएको छोरा बिक्रमले बताए । 
बेलायतको क्याम्र्ली नजिक डिपकटमा बस्ने विक्रमले पारिवारिक सल्लाहमा दाहसंस्कारको समय स्थान तय गरिने बताए । छोरा विक्रमले घट्नाको तीन दिन बित्दा पनि एयरलाइन्स् कर्मचारीले आफूलाई  कुनै सम्पर्क नगरेको र के कारणले दोहाबाट लन्डन उडानमा अक्सिजन दिइएन भन्नेबारे केही जानकारी नदिएकोमा समेत दुःख व्यक्त गरेका छन् । 
राप्ती समाज यूकेले घट्नाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । समाजले ऐयरलाइन्सको लापरवाही भए नभएको छानविनका लागि पहल गरिदिन नेपाली दूतावास लन्डनलाई आग्रह गरेको छ । 
प्रकाशित मिति: २०६९ वैशाख २४ ०८:४७ From Nabin Paudel, eKantipur.com 

Saturday, April 28, 2012

Click on the slide!

युवती प्रदर्शन

आफूहरुलाई नजिस्काउन चेतावनी दिँदै राजधानीको वसन्तपुरमा प्रदर्शन गर्दै युवती। तस्बिर : मदन चौधरी

Sunday, April 22, 2012

12 interesting facts about NepalPrint This PostEmail

Filed under: My Favourite...
Wednesday, 24 August 2011 14:40
  1. Nepal opened its borders to the world in the 1950s and 2011 is Nepal Tourism Year! So make this year count and join the celebration!
  2. People in Nepal do not greet one another with a handshake, but rather put their palms together and bow their forehead and say Namaste (directly translated as ‘I salute the God in youˇ). This is the same greeting used throughout India.
  3. A popular and cheap ‘fast food’ is the Momo. Delicious dumplings made from flour and water filled with different fillings like chicken, meat or vegetables either fried or steamed and served with a dipping sauce. My favorites were the yak-meat filled ones at the Yak Cafà in Kathmandu.
  4. Nepal is home to one of the few places on earth where you can see both the Bengal tiger and the one-horned rhinoceros. We were lucky to see 3 rhinos on our safari!
  5. The Annapurna region was voted one of the top 10 best trekking places on earth. The trek to Poon Hill is a moderate 5-day trek with views that will blow you away!
  6. Everest in the Nepali language is Sagarmatha which means goddess of the sky and it stands at a staggering 8,848 metres (29,029 ft) above sea level.
  7. Bob Seger wrote a song called Kathmandu in 1975. He wrote it at a time when he wanted to disappear from the record business, media and touring. Kathmandu represented a far way land where no one would be able to find you.
  8. Little Princes written by Conor Grennan is about child trafficking in Nepal and spawned the NGO Next Generation Nepal which reunites children and their families and aids rural communities. A must read and a portion of the proceeds from every book go directly to the cause!
  9. The Sherpas are an ethnic group from mostly the eastern mountainous part of Nepal. Many are employed as porters for mountain expeditions as they do not suffer the effect of altitude and due to their genetics and upbringing. Many groups refer to their porters as Sherpas.
  10. Nepal is the birthplace for the Lord Buddha. Lumbini and a pilgrimage for many devout Buddhists.
  11. Nepal has the densest concentration of World Heritage Sites. Kathmandu valley alone has 7 World Heritage Cultural sites within a radius of 15 kilometers.
  12. The Nepali flag is the only nation with non-quadrilateral flag.The two triangles symbolize the Himalaya Mountains and represent the two major religions, Hinduism and Buddhism.
Aaron and I spent 7 incredible weeks in Nepal last year. At the start we accompanied a group up the Everest Base Camp Trek and then we took to the road, designing our new trip Wild and Natural Nepal. We trekked around the Annapurna Region, ate Yak steaks, went on an elephant safari (where we saw one-horned rhinos) and cooked dinner with a local family in small village, where we supported a local home-stay program. We travelled by local bus, rickshaws, ox and boat. I had no idea this tiny country had so much to offer! It is truly a magical place and the people of Nepal are some of the warmest and ‘smiliest’ I have ever come across in my travels. Thank-you Nepal, we’ll be back!
Aparna
originaltrails.com

लुटले मनायो एकसय दिन


loot_in_400_01
 
व्लकबस्टर सिनेमा ‘लुट’ले शनिबार प्रदर्शनको एकसय दिन सेलिव्रेट गरेको छ । राजधानीको गोपिकृष्ण, गुण र गंगा मल्टिप्लेक्समा कीर्तिमानी सिनेमाले एकसय दिन मनाएको हो । ३ करोड १५ अलनेपाल ग्रस र ओभरसिजमा ६१ लाख ग्रस कलेक्सन गरि सिनेमाले सर्वाधिक आम्दानीको कीर्तिमान कायम गरेको छ । शनिबार विहानैदेखि ‘लुट’का निर्माता, निर्देशक र कलाकारलाई बधाइ दिनेको ओइरो छ ।

 
निर्देशक निश्चल बस्नेतले नेपाली सिनेमाले संकटको सामना गर्नु परिरहेको बेला आफ्नो सिनेमाले एकसय दिन पुरा गर्नु गौरवको कुरा भएको बताए । ‘यसले धेरै कोणबाट सन्देश दिइरहेको छ’ मेरोसिनेमालाई उनले भने, ‘एउटा इतिहास जसले नेपाली सिनेमाको ट्रेन्ड नै परिवर्तन गरिदियो ।’ निर्माताद्धय नरेन्द्र महर्जन र माधव वाग्लेले पनि खुशि व्यक्त गरे । अभिनेता सौगात मल्ल र दयाहाङ राईले ‘छड्के’को सेटबाटै उत्साह व्यक्त गरे ।