काठमाडौं, माघ ३ (नागरिक)- 'ग्लोबल समिट अन चेन्जिङ बिहार : फर्गिङ पार्टनरसीप फर डेभलपमेन्ट' शीर्षकमा हुन लागेको अन्तरार्ष्ट्रिय सम्मेलनमा मुख्य अतिथिको रुपमा प्रधानमन्त्री बाबुराम भट्टराई बिहार जाने भएका छन्। फेब्रुअरी १७ देखि १९ सम्म हुने सम्मेलनका लागि बिहारका मुख्य मन्त्री नितिशकुमारले भट्टराईलाई निम्ता गरेका हुन्।सन् २००७ मा भएको यही कार्यक्रममा भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम मुख्य अतिथि थिए। प्रधानमन्त्रीका निजी सहयोगी विश्वदीप पाण्डेका अनुसार दुई देशका आर्थिक विकासका अनुभव आदान प्रदान गर्ने अवसरका रुपमा कार्यक्रमको सदुपयोग गरिनेछ
No comments:
Post a Comment