काठमाडौं २७ पुस,
‘खासगरी पृथ्वीनारायणको योगदान, व्यक्तित्व र राष्ट्रिय एकतालाई दर्शाउन लागेकी हुँ’ मनिषाले भनिन्, ‘स्क्रिप्ट अन्तिम चरणमा पुगेको छ । थप तयारी गरिरहेका छौं ।’ सिनेमाको छायांकन मे महिनादेखि सुरु हुने भएको छ । हिरोइन भने अहिलेसम्म निधो नभैसकेको स्रोतले बतायो । यतिबेला योग र ध्यानका लागि भारतमा रहेकी मनिषा त्यहाँबाट फर्किएलगत्तै प्रोजेक्ट अघि बढाइने भएको छ ।
गतवर्ष नै उनले सिनेमा निर्देशन गर्ने बताएकी थिइन् । पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतिक हुन् कि क्रुर शासक ? यो राष्ट्रिय बहसलाई मनिषाले कुन रुपमा पर्दामा उतार्छिन् हेर्न बाँकी छ । यसअघि मनिषको सिनेमामा हमाल हिरो बन्ने खबर आएको थियो । सम्भवतः पृथ्वीनारायण माथि सिनेमा बनाउने मनिषा योजनालाई लिएर पक्षविपक्षमा जनमत सिर्जना हुनसक्ने अपेक्षा गरिएको छ । मनिषाले यसअघि बुद्धबारे सिनेमा बनाउने चर्चा थियो ।
No comments:
Post a Comment