टाइम्स अफ इन्डियासँग कुरा गर्दै उदिताले गीतमा भएको 'लभ लभ ओ माइ लभ' वाक्यलाई परिवर्तन गर्दै 'माया माया ओ मेरी माया' राखेको बताएकी छिन्। त्यसैगरी मूल गीतमा धनुषले 'इट्स अ फ्लप सङ्ग' गाएको भए पनि उनले भने 'इट्स अ सुपर फ्लप सङ्ग' गाएकी रहिछिन्।
गत जनवरी १२ मा नै उनले अर्को सातासम्ममा सोसल नेटवर्किङ साइटहरुमा नेपाली कोलाभेरी डी अपलोड गरिसक्ने बताएकी भए पनि १० दिन भइसक्दा पनि ती साइटहरुमा देख्न सकिएको छैन।
उदिताकी आमा भारतको मेघालयको सिलोङ्की हुन्। सन् २००३ मा पाप फिल्मबाट उनले बलिउडमा फिल्म यात्रा सुरु गरेकी हुन्। फिल्ममा जोन अब्राहमसँगको बोल्ड सिनले निकै चर्चा पाएको थियो।
बोल्ड अभिनेत्रीको नेपाली गीत सार्वजनिक भइनसके पनि धेरैले कोलाभेरी डीलाई आफ्नै हिसाबले नेपालीकरण गरेर युट्युबमा हालिसकेका छन्। हेरौँ केही भिडियोहरु-
No comments:
Post a Comment