भर्जिनिया राज्यको लाउडन काउन्टीमा डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्व तहमा एकजना नेपाली पुगेका छन्। शनिबार भएको पार्टीको चुनावमा प्रतिद्वन्द्वीले उम्मेद्वारी फिर्ता लिएपछि १३ वर्षदेखि राष्ट्रपति बाराक ओबामको दलमा सक्रिय हरि शर्मा काउन्टीको कोषाध्यक्षमा निर्वाचित भएका हुन्। झम्सिखेल ललितपुर पुर्ख्यौली घर भएका शर्मा २३ वर्षअघि उच्च शिक्षाका लागि अमेरिका पुगेका थिए।
गत राष्ट्रपति चुनावमा ओबामाको पक्षमा खटेका शर्माले विजयसँगै खुशी व्यक्त गरेका छन्। 'अवसरको यो भूमि (अमेरिका) मा आफूले चाहेको गन्तव्यमा पुग्न सकिन्छ भन्ने उदाहरणको पहिलो प्रयासको रुपमा मैले यो जिम्मेवारीलाई लिएको छु। यसमा म एक आप्रवासी नेपालीको नाताले गौरव महसुस गर्दछु', शर्मालाई उदृत गर्दै ग्लोबनेपाल डट कमले लेखेको छ।
२३ बर्ष अघि उच्चशिक्षा अध्ययनका लागि अमेरिका पुगेका ललितपुर झम्सीखेल पुर्ख्यौली थलो भएका शर्मा यहाँको नेपाली समुदायमा सक्रिय छन्। पेशाले उनी पब्लिक एकाउण्टेन्ट भए तापनि सामाजिक रुपमा एएनए, एनआरएन लगायतका नेपाली सँघसंस्थामा शर्माको सक्रिता छ। यसपटक स्थानीय पार्टी नेतृत्वको भूमिका आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका कारण पनि निकै महत्वपूर्ण हुनेछ। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा भर्जिनिया राज्यका सिनेटर मार्क हेरिङ र लाउडन काउन्टीका बोर्ड सुपरभाइजरसहित अन्य डेमोक्र्याट सिनियरहरु सहभागी थिए।
No comments:
Post a Comment