Sunday, August 5, 2012


काठमाडौं, साउन २० (नागरिक)- तीन खेलका लागि ५ खेलाडी लिएर ओलम्पिक सहभागिता जनाउन लन्डन पुगेका नेपाली टोली पदकविहीन भएर घर फर्किने भएका छन्। ओलम्पिक यात्राको सुरुवात गरेकी सुटिङकी एक्लो नेपाली खेलाडी स्नेह राज्यलक्ष्मी राणाले गत शनिबार १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरिन्। ५६ खेलाडी सहभागी प्रतिस्पर्धाको ५४औं स्थानमा आउँदा उनी राष्ट्रिय कीर्तिमान सुधार गर्नसमेत असफल भइन्। ३ सय ८८ स्कोरको राष्ट्रिय कीर्तिमानभन्दा उनले ५ स्कोर कम गरेकी थिइन्। 
***************************
**************************
'राम्ररी जानु, पुगेपछि फोन गर्नु,' आफन्त/परिवारजनका कुनै सदस्य यात्रामा निस्किँदा विदाइ गर्ने अभिभावकको मुखबाट अधिक सुनिने वाक्य हो यो । गन्तव्यमा नपुग्नुजेल परिवारजनले मानिरहने चिन्ताले नेपालमा सार्वजनिक सवारी साधनको यात्रा कति असुरक्षित छ, संकेत गर्छ । चालक, गाडी/सडकको अवस्था वा बाह्य तत्वमा अडिएको हुन्छ, सुरक्षित यात्रा । त्यसैले होला, सुरू गन्तव्यबाट थालिएको यात्रा घन्टौं वा दिन बिराएपछि अन्तिम गन्तव्यमा पुग्दा यात्रुले सन्तुष्टिको लामो सास फेर्दै फोन गर्न आग्रह गर्ने आफन्तलाई बसको सिटबाटै फोन गरी भन्छन्, 'राम्ररी आइपुगें, चिन्ता नलिनु ।'
मृत्यु सत्य हो । तर प्राकृतिक मृत्युलाई उछिन्दै सवारी दुर्घटनाबाट भैरहेका मृत्युका खबर हृद्धयविदारक हुन्छन् । पछिल्ला दिन हामी सुन्न विवश छौ, जन्तीवाहक बस दुर्घटनामा, मलामी बोकेको गाडी भीरमा खस्यो, तीर्थयात्री सवार बस नहरमा डुब्यो, वनभोज गएका विद्यार्थी चढेको स्कुलबसलाई विपरीत दिशाबाट आउँदै गरेको अर्को बसले ठक्कर दियो, चाड मनाउन हिंडेकाहरू दुर्घटनामा आदि । यस्तो दुःखद समाचारका विषय बन्नुपर्ने दुर्भाग्यमा सवारी साधनभित्र चढेका यात्रुमात्रै पर्दैनन् । कतै बटुवा, कही सडक किनारमा इलम गरिरहेका, कतै ओच्छ्यानमै सुतेका परिवार, कतै बस चढाउन सडक किनारमा उभिएका आफन्तजन, कतै मर्निङवाकमा निस्किएका डाइबिटिजका बिरामी । त्यसैले पूर्वाधारको सूचीमा राखिने सडक त्यतिकै जोखिम भएको स्थान हो । यसै कुरालाई आधार मानेर विज्ञहरूले भन्ने गर्छन्, 'सडकमा हिंड्ने/गुड्नेले ममात्रै ठीक छु, अरू सबै पागल हुन् ठान्नुपर्छ रे ।     
चालु आर्थिक वर्षको साउन नसकिंदै १९ दिनमा देशभर ५९ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसके । तीनवटा ठूलासहित १५ दुर्घटनामा सयौं घाइते भएका छन् । विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार, विश्वभर वाषिर्क १३ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् । २ देखि ५ करोड हाराहारी मानिस गम्भीर घाइतेसहित अपांग हुन्छन् । २०५१ सालताका सडक विभागले जारी गरेको २० वर्षे सडक योजनाले ०५१/०५२ सम्म नेपालमा वाषिर्क सडक दुर्घटना दर ५ प्रतिशत बढी रहेको भनेको थियो । त्यसै बेलादेखि सवारी साधनको वृद्धिदर अनुपातमा सडक नबढिरहेको बताएको थियो । २०४३ देखि २०५४