Sunday, January 29, 2012

NST Quiz

Quiz Contest - 2012

NST officially announces the opening of registration for the Quiz Contest - 2012.

Age limit: 12-19, age verification document is required.
Application fee: $35.00, please pay online using the donation button.
The deadline to submit the application form: 7:00 pm, Feb 04th, 2012.
The first session: Feb 12, 2011 (Sunday 2:00-5:00) at NST center.
It is a six-weeks long session.

For further info, please visit the website (https://www.ournst.org/).

"NST GatiBidhi" (segment brought to you by New India Mart)


  •   
    Look at some of our flagship program starting next week:

    1. Math and Nepali School : from 28 January, every Sunday from 12 pm.

    2. Quiz Program for the kids : Starting from 11 february will follow another six weeks, every saturday. Kids from 13 to nineteen will be the participants of the program.

    3. Legal Seminar : February 26 - 1 pm. This seminar will be conducted by a team of lawyers from california.

    4. Health Camp : March 4 - 10 am. The camp has been there for almost a year and half. Dr. Sanjeev Shrestha has been leading the camp and its free to everybody.

    5. First Time Home Buyers Seminar : March 18 - This seminar will be conducted by Mr. Suraj Poudel a realtor.

Nepali Movie Releasing SOON




नेपाली सिनेमालाई अमेरिकी अवार्ड


नेपाली सिनेमा ‘गोर्खारक्षक’ले प्रसिद्ध अमेरिकी एक्सन फिल्म फेस्टिभलमा आउट्स्ट्यान्डिङ अवार्ड जितेको छ । शुक्रबार राती न्यू जर्सीमा आयोजित भव्य रेडकार्पेटमा विश्वभरका दुईहजार सेलिव्रिटीमाझ सिनेमा निर्माता तथा अभिनेता सन्नी बीले ट्रफी उचाले । अवार्ड जितेपछि एक्सन मार्सल आर्टस् म्यागजिनले ‘गोर्खारक्षक’ सिनेमामा सन्नीको अभिनयले एक्काइसौं शताब्दीका ब्रुस लीको स्मरण गराएको उल्लेख गरेको छ ।

gorkharakshyak_in1_400
अवार्ड जमघटमा सन्नीले ‘अनड्युस्पेटेड–२’ र ‘नेभर ब्याक डाउन–२’ अभिनेता माइकल जे ह्वाइट्, ‘एभोव द ल’ र ‘अनडिफिडेवल’ अभिनेता सिन्थिया रोथ रक, तथा ‘कराँते किड १ र २’, ‘र्‍याम्बो बेस्ट ब्लड २’ अभिनेता मार्टी कोभलगायतसँग सन्नीले नेपाली वज्र मार्सल आर्ट्सबारे अन्तक्रिया गरे । सो अवसरमा उनले अमेरिकी सेलिव्रिटीको आग्रहमा गोर्खाहरूले लड्ने नेपाली खुकुरी फाइटबारे जानकारी पनि गराए । जमघटमा उनले दलाइ लामाका अंगरक्षक स्टेफेन हायजसँग वज्र मार्सल आर्टसबारे कुराकारी गरे ।

gorkharakshyak_in2_400
सन्नीसहित रेखा थापा, शिव श्रेष्ठ, युवराज लामालगायतले सिनेमामा अभिनय गरेका छन् । स्वदेशमा भने यो सिनेमा पहिल्यै रिलिज भैसकेको छ । खुकुरी फाइटलाई सिनेमामा समेटिएको छ । सन्नी यतिबेला हलिउडमा रहेर त्यहाँका सिनेमामा नेपाली वज्र मार्सल आर्टस्को प्रवद्र्धन गरिरहेका छन् । 

Exchange rate.

in NPR
   Australian Dollar84.9
   Swiss Franc86.8
   Euro105
   British Pound125
   Hong Kong Dollar10.3
   Japanese Yen1.04
   American Dollar79.9
27 Jan 12 

फेरी मनीषा ?


बलिउड अभिनेत्री मनीषा कोइरालासँग सम्बन्धित चर्चित प्रसंगहरू नेपाल तथा भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित भैरहन्छन्। इन्टरनेटको  सामाजिक सञ्चाल फेसबुक तथा ट्वीटरमा समेत मनीषासँग जोडिएका व्यक्तिगत प्रसंगहरू बारम्बार चर्चामा आइरहन्छन्। यसबीच यो साता  मनीषाको अर्को एउटा प्रसंग चर्चामा छ। विभिन्न नेपाली तथा भारतीय अनलाइन पत्रिकाले यो विषयलाई प्राथमिकताका साथ समाचार  बनाएका छन्। पछिल्लो प्रसंग मनीषाको अत्यधिक मदिरापानसँग सम्बन्धित छ।

गत आइतबार सार्वजनिक एउटा समाचार तथा त्यससँग सम्बन्धित तस्बिरका आधारमा मनीषाले पुनः अत्यधिक मदिरापान गर्ने बानीलाई  बल्झाएको बताइएको छ। गत शनिबार मात्र बर्सवामा खोलिएको एउटा नयाँ रेस्टुराँमा उनलाई नशामा चुर भएको देखिएको बताइन्छ। उनले  अत्यधिक मदिरापन गरेर आफैंलाई सम्हाल्न नसक्ने अवस्थामा पुगेको उक्त समाचारमा उल्लेख छ। उक्त रेस्टुराँ मनीषाकै पूर्व प्रेमी प्रशान्त  चौधरीको भएको समाचारमा दाबी गरिएको छ। एउटा दक्षिण भारतीय चलचित्रमा अभिनय गर्ने क्रममा भारतमै रहेकी मनीषालाई मुम्बईमा  भएका बेला प्रशान्तले उक्त रेस्टुराँको उद्घाटन समारोहमा आमन्त्रण गरेका थिए। सूत्रहरूका अनुसार उद्घाटन समारोह तथा त्यसपछिको  पार्टीमा सहभागिता जनाउन मनीषाले कालो रंगको क्याजुअल वेयरमाथि खैरो ज्याकेट लगाएकी थिइन्। उक्त पहिरनमा उनी निकै सुस्त देखिएको बताइन्छ। भनिन्छ-पार्टीका क्रममा उनले यति धेरै मदिरापान गरिन्, आफैं एक्लै घर जाने स्थितिमा थिइन्न्। त्यसैले उनलाई उनका नजिकका साथीहरूले सम्हाल्दै घरसम्म पुर्‍याइदिए।

यसबीच, भारतीय सञ्चारमाध्यमहरूमा मनीषा तथा उनका नेपाली श्रीमान् सम्राट दाहालबीचको बिग्रँदो सम्बन्धका बारेमा पनि समाचारहरू प्रकाशित भैरहेका छन्। यस क्रममा मनीषाले आफ्ना श्रीमान्सँग डिभोर्स गर्न चाहेको समाचार पनि प्रकाशित भएका थिए। पछि दुवैको सम्बन्ध सामान्य भएको थियो। त्यसपछि उनले योगको कक्षासमेत लिएकी थिइन्, तर मनीषाका पछिल्ला क्रियाकलापका कारण श्रीमान्-श्रीमतीबीचको सम्बन्ध पुनः बिग्रिएको अनुमान गरिएको छ।

त्यसो त विगत डेढ महिनादेखि भारतमै रहेकी मनीषाले मुम्बईस्थित आफ्नो निवासमा आयोजित साथीहरूको जमघटमा आफूले चाँडै सम्राटसँग सम्बन्ध-विच्छेद गर्न चाहेको कुरा बताएको समाचार द टाइम्स इन्डियाले करिब दुई साताअघि प्रकाशित गरेको थियो। प्रायः केही नयाँ तथा व्यक्तिगत कुरा सार्वजनिक गर्नुपर्‍यो भने मनीषाले साथीभाइको जमघट नै रोज्ने गरेको पनि उक्त पत्रिकाले उल्लेख गरेको छ। डेढ वर्षअघि आफूभन्दा ६ वर्ष कान्छा सम्राट दाहालसँग विवाह गरेकी मनीषाले विवाह भएको ५ महिनापछि नै फेसबुकमार्फत आफूले डिभोर्स गर्न चाहेको बताएकी थिइन्। त्यसको केही समयपछि उनले फेसबुकमार्फत नै आक्रामक रूपमा प्रस्तुत हुँदै श्रीमान् सम्राट आफ्नो सबैभन्दा खराब शत्रु भएको बताएकी थिइन्। असमझदारीका बाबजुद मनीषा तथा सम्राटको दाम्पत्य जीवन अहिलेसम्म टिकिरहेको भए पनि अब भने उनीहरू डिभोर्सकै लागि तयार भैरहेको उक्त समाचारमा जनाइएको छ। पत्रिकाका अनुसार डिभोर्सका लागि मनीषाले चाँडै नै अदालती प्रक्रिया थाल्दैछिन्। मनीषाले अब स्थायी रूपमै मुम्बईमै बसोबास गर्ने निर्णय समेत गरिसकेकी छिन्। मुम्बईको आफ्नो निवासमा मनीषाले साथीभाइको जमघटमा आफू पुनः बलिउडमा र्फकन आतुर भएको कुरा बताएको कुरा पनि द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। 

भिसा रद्द गरेर नौ युवा तरकारी खेतीमा

विमल खतिवडा
- वैदेशिक रोजगारीका लागि बर्सेनि युवाहरू बिदेसिने क्रममा छन् । यहाँका युवा भने विदेश जाने भिसा रद्द गरेरै तरकारी खेतीमा लागेका छन् । विकट भुकताङले- ३ का नौ युवा अहिले गाउँमै सामूहिक रूपमा तरकारी खेतीमा व्यस्त छन् । 
'न्युजिल्यान्डका लागि भिसा लागेको थियो,' तरकारी गोड्दै गर्दा भेटिएका किशोर मल्ल्ाले भने, 'विदेश जान मन लागेन । त्यसैले भिसा क्यान्सिल गरेर तरकारी खेती सुरु
गरें ।' उनले १३ रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरिएको बताए । अहिले युवाहरूले फूलकोभी, बन्दा, साग, मुला, प्याज लगाएका
छन् । गाउंँका महिलालाई समेत गोडमेलमा लगाएर रोजगारी दिएको युवाहरूले बताए ।
अर्का युवा विदेशबाट फर्किएर खेतीमा संलग्न भएका छन् । '६ वर्ष साउदीमा बसेर मजदुरी गरियो,' स्थानीय भीमबहादुर मल्लले भने, 'लामो समय बस्दा केही गर्न सकिएन । ऋण मात्र तिर्न सकियो ।' विदेशमा गर्ने दुःख स्वदेशमै गरेर परिवार पाल्ने सोच बनाई साउदीको भिसा रद्द गरेर साथीहरूसँग तरकारी खेतीमा लागेको उनले बताए ।
मंसिरबाट तरकारी खेतीमा लागेका ती युवालाई एकछिन फुर्सद छैन । कोही तरकारी गोड्न, कोही सिँचाइ गर्न व्यस्त बन्छन् । खुसी मिलन ताजा तरकारी समूह गठन गरी खेतीमा लागेका युवाले तरकारी बिक्रीका लागि भने बजारको समस्या नभएको बताए । 'तरकारी खेती सुरु गर्न पाएको छैन, हामीलाई पठाइदिनु भन्दै पोखरादेखि व्यापारीको फोन आउन थालिसक्यो,' अर्का युवा ढकप्रसाद पौडेलले भने, 'त्यसैले उत्पादित तरकारीले माग धान्न्ासमेत मुस्किल पर्लाजस्तो छ ।'
नजिकै खोला नहुंँदा घरमा खानका लागि ल्याएको धाराको पानीबाट तरकारीमा सिँचाइ गर्ने गरिएको छ । पहिला यो गाउँंमा केही हुँदैन्थ्यो । हिउँदमा पूरै जग्गा बांँझो बस्ने गथ्र्यो । अहिले युवाहरूले तरकारी खेती गरेपछि खेतबारी हरियाली भएको छ । विदेशी मोह त्यागेर तरकारी खेतीमा लागिपरेका युवाहरूसँग परामर्श लिन विदेश जान लागेका युवासमेत बारीमै पुग्ने गरेका छन् । युवाहरूले बंगुर र माछापालनसमेत सुरु गर्न लागेको बताए ।
'धेरै पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन । गाउँघरमै व्यवसाय गरेर विदेशभन्दा दोब्बर पैसा यही कमाउन सकिन्छ भनेर सबैलाई देखाउन चाहन्छौं,' समूहकै अर्का युवा किशोर मल्ल्ाले भने, 'यो सुरुवात मात्र हो । व्यवसायलाई ठूलो बनाएर वाषिर्क ५० लाख रुपैयाँ आम्दानी गर्ने सोच छ ।' उनले तरकारी खेतीका लागि जग्गा थप गर्ने तयारीमा रहेको बताए । तरकारी खेतीका बारेमा सामान्य तालिमपश्चात् युवाहरूले यो व्यवसाय सुरु गरेका हुन् ।
प्रकाशित मिति: २०६८ माघ १५ ०९:४०

President Travel "Picture Of the Week"


धौलागिरि हिमालफेदीमा अवस्थित म्याग्दीको दुर्गम रायखोर गाउँका बालबालिका विद्यालय तर्फ जाँदै ।

फोटो: घनश्याम खड्का/ईकान्तिपुर

न्युरोडको गुँदपाक सेन्टरद्वारा पत्रकार सम्मेलन, दुष्प्रचार गरिएको आरोप

अनुगमनका क्रममा म्याद गुज्रेका र दुषित मिठाइ प्रयोग गरी गुँदपाक तथा पुष्टकारी बनाउने गरेको भेटिएपछि वाणिज्य विभागको कारबाहीमा परेको न्युरोडको ताजा कर्नर गुँदपाक सेन्टरले आज पत्रकार सम्मेलन गर्दै दुष्प्रचार गरी आफूहरुलाई फसाइएको आरोप लगाएको छ।

ताहाचलस्थित कारखाना परिसरमा नै गरिएको पत्रकार सम्मेलनपछि वितरित प्रेस विज्ञप्तिमा प्रोपाइटर मदनबाबा मास्केको तर्फबाट उनका छोरा मनेन्द्रलाल मास्केले विभागले गरेको कारखानाको निरीक्षणमा कुनै किसिमको अनियमितता नदेखेको दावी गरिएको छ।
तर वाणिज्य विभागको अनुगमन टोलीले गत भदौ १९ गते 'गुँदपाक भण्डार'को उत्पादन स्थल निरीक्षण गर्दा 'म्याद गुज्रेको भनी फर्काइएका' लाखामरी, पुष्टकारी र गुँदपाकलाई नै फेरि प्रशोधन गरिएको फेला पारेको थियो।
विभागका निरीक्षण अधिकृत कमलबहादुर थापाले 'दुषित मिठाइ प्रशोधन गरेर गुँदपाक बनाएको भेटिएपछि गुँदपाक भण्डारको उत्पादन र बिक्री रोक्का राख्न निर्देशन दिएको' बताएका थिए। कारखानामा पुनः प्रयोगका लागि फिर्ता ल्याइएका १ हजार ३ सय किलोभन्दा बढी म्याद गुज्रिएका दुषित मिठाइ फेला परेको उनले जानकारी दिएका थिए। ती मिठाइ काठमाडौं महानगरपालिकाको सहकार्यमा नष्ट गरिएका थिए।
अनुगमनका लागि जाँदा कामदारहरू बजारबाट फर्काइएका लाखामारी, पुष्टकारी, गुँदपाकलगायत मिठाइ फेरि प्रयोगका लागि धुलो पारिरहेका थिए। थापाका अनुसार कामदारसँग बयान लिँदा म्याद गुज्रिएका मिठाइ 'प्रशोधन गरेर फेरि बिक्रीमा पठाउन लागेको' स्वीकार गरेका थिए।
मास्केले भने 'त्यहाँको स्थिति सामान्य नै रहेको पाएपछि अनेक अनावश्यक प्रश्नहरु खडा गरेर यहाँका कामदारहरुलाई धम्क्याउने, तर्साउने काम गरेको' आरोप लगाएका छन्। काठमाडौं महानगरपालिकाका सफाई कर्मचारीहरुको हडताल चलिरहेको कारण कारखानाबाट त्यतिबेला फोहोर उठ्न नसकेको स्पष्टिकरण उनले दिएका छन्।
आफूहरुलाई कुन मुद्दा उपर कारवाही चलाइयो भन्ने जानकारी समेत नगराइको र र २८ दिनको हिरासत पछि आमाको नाममा ५ लाख र आफ्नो नाममा १० लाख घरौटी जम्मा गराई हिरासतमुक्त गरिएको उनले बताए।
आफ्नो बिक्री कक्षबाट हाल विवादमा रहेको सामाग्रीदेखि बाहेक अन्य सामानको पसल चलाउँछु भन्दा पनि सम्बन्धित निकायले सिलबन्द गरी बन्द गरिदिएको र त्यसरी सिलबन्दी गर्नुपर्ने कारणबारे आफूहरुलाई केही जानकारी नदिइएको उनको आरोप छ।
तर जिल्ला प्रशासन कार्यालयका अधिकृत खगेन्द्रप्रसाद रिजालले जिल्ला प्रशासन कार्यालयमा कालोबजार र खाद्य ऐन अनुसारका मुद्दा किनारा नलाग्दै पसल खोलेकाले अनुगमन टोलीले गत पुस ७ गते सिलबन्दी गरेको बताएका छन्। 'अनुमति नलिइकनै पसल खोलिएकाले सिलबन्दी गरिएको हो,' रिजालले भने, 'उनीहरुले पसल सञ्चालन गर्न अनुमति पनि मागेका छैनन्।'
अनुगमनको क्रममा परीक्षणको निमित्त लगिएको नमूनामा कुनै अखाद्य वस्तु मिसावट भएको प्रतिवेदन नभएको दावी पनि मास्केले गरेका छन्। तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला परीक्षणमा गुँदपाकमा हानिकारक किटाणु भेटिएपछि विभागले खाद्य ऐनअनुसार पुसमा मुद्दा दर्ता गरिसकेको छ। गुँदपाक भण्डारका सञ्चालकविरुद्ध वाणिज्य विभागले भने उपभोक्ता संरक्षण ऐनअनुसार मुद्दाअघि बढाएको छ।  (काठमाडौँ, माघ १५ (नागरिक)-)

प्रधानमन्त्रीसँग ग्यास मागेर ल्याउन कङ्ग्रेस नेतालाई पत्नीको दबाब

माधव ढुङ्गेल, काठमाडौं, माघ १५- नेपाली कङ्ग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले आफ्नी पत्‍नीले प्रधानमन्त्री बाबुराम भट्टराईसँग मागेर भए पनि एक सिलिन्डर ग्यास ल्याउन आग्रह गरेको सार्वजनिक गरेका छन्।
संसद्‍मा सभामुखसँग विशेष समय मागेर बोल्दै घिमिरेले आफ्नो घरमा एक साताभन्दा बढीका लागि ग्यास नरहेको बताए।
  'आज हिँड्ने बेलामा मेरी श्रीमतीले भन्नुभो, प्रधानमन्त्रीसँग मागेर भए पनि एक सिलिन्डर ग्यास ल्याउनूस्', घिमिरेले भने। पत्नीले यो देशको एक जिम्मेवार सभासद् भएकाले जसरी पनि ग्यास ल्याउन दबाब दिएको सुनाए।

पेट्रोल, ग्यासको अभाव भएको महिनौं भैसक्दा पनि सहज आपूर्ति नभएकोमा आपत्ति जनाउँदै उनले मूल्य बढाउने तर आपूर्ति गर्न नसक्ने कार्यको आलोचना गरे।
जनसत्ताका निर्णयलाई वैधानिकता दिने निर्णय गर्ने प्रधानमन्त्री भट्टराइले त्यसबारे सदनमा उपस्थित भएर जवाफ नदिएकोमा पनि आलोचना गरे। 'जवाफ नदिने हो भने यो सदनले नयाँ प्रधानमन्त्री चयन गर्न तयार हुनुपर्‍यो', घिमिरेले भने, 'हैन भने यहाँ आएर 

धेरै गाह्रो भयो जित्‍न



धेरै गाह्रो भयो जित्‍न

सर्बियाका  नोभाक जोकोविच स्पेनका रफायल नाडाललाई पराजित गरी अस्ट्रेलियन ओपन जितिसकेपछि ट्रफीका साथ खेल समय इङ्गित बोर्ड देखाउँदै। ५ घण्टा ५३ मिनेट लामो यो खेल व्यवसायिक टेनिसको इतिहासमा सबैभन्दा लामो ग्रान्ड स्लामको एकल फाइनल खेल थियो। तस्बिरः एपी

Thursday, January 26, 2012

watch Nepal TV online LIVE

अफगान महिलाले एकै पटक ६ बच्चा जन्माइन


अफगानिस्तानका २४ वर्षीया सारा पछिल्लो दिन स्थानीय टेलिभिजन र रेडियोमा छाएकी छिन् । केही दिन अघि मात्र आमा बनेकी हुन् । तर, उनी चर्चामा आउनुको कारण भने उनले जन्माएको सन्तानको संख्या हो ।
उनले छ बटा बच्चालाई जन्म दिएकी छिन् । बल्ख जिल्लाको ग्रामिण भेगमा बस्दै आएकी सारा २३ जनवरीमा मोन्जोर शरीफको एक अस्पतालमा पुगेका थिइन । जब डाक्टरले जाँच गरे, त्यसबेला थाहा भयो कि उनको पेटमा छ बटा बच्चा छ ।
बल्ख प्रान्तका स्वास्थ निर्देशक मीरवैस राबेसका अनुसार साराले तीन छोरा र तीन छोरीलाई जन्म दिएकी छिन् ।
उनीको तौल भने कम छ । एकको तौल त ७ सय ग्राम मात्र छ । सबै बच्चाको स्वास्थ्य भने ठिक रहेको राबेसले बताउनु भएको छ । एक स्थानीयले बीबीसीसँग भनेका छन्-’सारा निकै बहादुर महिला हुन् । उनले छ बटा बच्चा बोकेर कसरी गर्भाबस्था काटी । सरकारले उनलाई सहयोग गर्नुपर्छ ।’
अफगानिस्तानमा एकै पटकमा एक भन्दा बढी बच्चाको कमै मात्र जन्म हुने गरेको छ । शिशु मृत्यु दरमा भने अफगानिस्तान अग्रस्थानमा छ ।

Wednesday, January 25, 2012

अमेरिकामा जन्मँदै चीनमा हुर्कंदै


द इन्टरनेसनल हेराल्ड ट्रिब्युन- अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिलिकन भ्यालिका दिग्गजलाई गत वर्ष क्यालिफोनिर्याको रात्रिभोजको निम्तो पठाउँदा प्रत्येक निम्तालुलाई राष्ट्रपतिसँग सोध्ने प्रश्नसहित आउन भनिएको थियो।
रात्रिभोजमा एप्पलका तत्कालीन प्रमुख स्टिभ जब्स बोल्दै गर्दा ओबामाले बीचमै रोकेर सोधे, 'अमेरिकामै आइफोन उत्पादन गर्न के गर्नुपर्छ?'
धेरै अघिको कुरा होइन एप्पल उसको अधिकांश उत्पादन अमेरिकामै हुन्छ भन्नेमा गर्व गर्थ्यो। आज थोरै उत्पादन अमेरिकामा हुन्छ। एप्पलका ७ करोड आइफोन, ३ करोड आइप्याड र ६ करोड अन्य उत्पादनमध्ये सबैजसो अमेरिका बाहिर बनेका छन्।
'ती काम अमेरिकामै किन हुन सक्दैन?,' ओबामाले सोधे। भोजमा निम्त्याइएका अर्का निम्तालुका अनुसार यी काम अमेरिकामा फर्किने छैनन् भन्ने जब्सले स्पष्ट जवाफ दिए।
यो मुद्दा अमेरिका बाहिर सस्ता कामदार पाइन्छन् भन्नेसँग मात्र जोडिएका छैन। एप्पलका कार्यकारी अमेरिकीको तुलनामा बाहिरका कारखानामा ठूलो परिमाणको उत्पादन, कामदारमा सावधानी, औद्योगिक सिप र बढी लचकता देख्छन्। 'अमेरिकामा बनेको' भन्ने कुराले मात्रै एप्पललाई अघि ल्याउँछ भन्ने उनीहरुलाई लाग्दैन।
एप्पल संसारमै बढी चिनिएको, प्रसंशा पाएको र नक्कल गरिएको कम्पनीमा दरिएको छ। गत वर्ष उसले प्रति कर्मचारी ४ लाख डलर नाफा गरेको थियो। यो बैंकिङ क्षेत्रको गोल्डम्यान सास, पेट्रोलियम क्षेत्रको एक्सोन मोबिल र सूचना प्रविधि क्षेत्रको गुगलको भन्दा धेरै हो।
तैपनि एप्पल र अरु उच्च प्रविधियुक्त सहधर्मीले पहिलेका अमेरिकी कम्पनी उत्कर्षमा भएका बेलामा जस्तो स्वदेशमा रोजगारी सिर्जना नगरेको विषयले ओबामा, अर्थशास्त्री र नीति निर्माताहरुलाई चिन्तित बनाएको छ।
एप्पलले अमेरिकामा ४३ हजार, बाहिर २० हजार जनालाई रोजगारी दिएको छ। १९५० को दशकमा जनरल मोटर्सले ४ लाख अमेरिकीलाई रोजगारी दिएको थियो भने १९८० मा जनरल इलेक्ट्रिकले एक लाखभन्दा बढी अमेरिकीलाई काम दिएको थियो। एप्पलले पार्टपुर्जा बनाउन ठेक्का दिएका कम्पनीहरुमा ७ लाखले काम गर्छन् जो अमेरिकी होइनन्।
'अमेरिकामा मध्यम स्तरको रोजगारी कठिन बन्दै गएको एप्पल एउटा उदाहरण हो,' ह्वाइट हाउसका पूर्व आर्थिक सल्लाहकार जार्ड बर्नस्टेइनले भने, 'यो पुँजीवादको उत्कर्ष हो भने हामी चिन्तित हुनै पर्छ।'
एप्पलका कार्यकारी विदेशमा जानुलाई आफ्नो बाध्यता बताउँछन्। चीनको कारखानामा आइफोनको स्त्रि्कन परिवर्तन गरिएको एउटा उदाहरण ती कार्यकारी प्रस्तुत गर्छन्। बजारमा लैजान ठिक्क पारिएको आइफोनको स्क्रिन परिवर्तन गर्ने निर्णय अन्तिम समयमा भएको थियो।
त्यतिबेला कारखानाका सुपरिवेक्षकका अनुसार कारखानाको आवासमा सुतिरहेका ८ हजारका कामदारलाई मध्यरातमा उठाएर काममा लगाइएको थियो। प्रत्येक कामदारलाई बिस्कुट र एक कप चियामात्रै दिइयो र चिया पिएको आधा घन्टापछि उनीहरुले लगातार १२ घन्टा काम गरे। त्यसपछिको ९६ घन्टामा उनीहरुले प्रति दिन १० हजार थानका दरले आइफोन बजारमा पुर्‍याएका थिए।
'यो गति र लचकता अकल्पनीय हो,' ती कार्यकारीले भने, 'अमेरिकाको कुनै पनि कारखानामा यो सम्भव छैन।'
सबैजसो विद्युतीय सामग्री उत्पादक कम्पनीको स्थिति यही हो। लेखा, कानुन, वित्त, मोटरकार औषधीलगायत सबैजसो उद्योगमा आउटसोर्सिङ सामान्य भइसकेको छ।
कम्पनी तथा अर्थशास्त्रीहरु जुन नीतिमा अमेरिका अगाडि बढेको छ त्यो गलत हो भन्छन्। अमेरिकीहरु संसारमै सबैभन्दा बढी शिक्षितमा पर्छन्। कारखानाहरुलाई चाहिने मध्यमस्तरको जनशक्तिको उत्पादन अमेरिकामा लगभग बन्द भइसकेको उनीहरु बताउँछन्।
'हामी आइफोन सयभन्दा बढी देशमा बेच्छौं,' एप्पलका एक कार्यकारीले भने, 'हाम्रो दायित्व अमेरिकाको समस्या समाधान गर्ने नभई उत्कृष्ट वस्तु उत्पादन गर्ने हो।'
कम्पनीले हरेकपल्ट उच्च गुणस्तरको उत्पादन सस्तो मूल्यमा ल्याउने र धेरै नाफा गर्ने विषयमा छलफल चलाउँदा त्यो काम अमेरिकाबाहिर मात्रै सम्भव हुने निष्कर्षमा पुग्ने गरिएको उनले बताए। एप्पलका विभिन्न संस्करणमा लाग्ने पुर्जा फरक भए पनि सबैजसोको ९० प्रतिशत पुर्जा बाहिरै उत्पादन हुने गरेको जानकारी उनले दिए। उनका अनुसार जर्मनी, कोरिया, ताइवान, जापानलगायत युरोप, एसिया र अफ्रिामा बनाइएका पुर्जालाई चीनमा लगेर जोडजाड पारिन्छ।
सूचना प्रविधिका प्रतिस्पर्धी र अन्य कम्पनीहरु विदेशमा गइसक्दा पनि एप्पल आफ्ना उत्पादन अमेरिकामै गर्थ्यो। २००४ मा भने एप्पलले पनि विदेशमा नगई धरै पाएन। तत्कालीन सञ्चालन प्रमुख टिम कुकले एप्पललाई यो निर्णय गर्न बाध्य बनाएका थिए। अप्ठेरोमा परेको एप्पलले त्यतिबेला उपलब्ध सबै अवसरको उपयोग गर्नै पर्ने स्थिति थियो।
एप्पलले एसिया रोज्नुका पछाडि दुई कारण भएको एक कार्यकारी बताउँछन्। एसियामा कारखानाको आकारलाई सजिलै ठूलो वा सानो बनाउन सकिन्छ। अर्को एसियाको आपूर्ति सञ्जाल अहिले अमेरिकाको भन्दा राम्रो बनेको उनले बताए। 'यी दुई चीजलाई उपयोग गरेर कम्पनीले जस्तोसुकै चुनौती सामना गर्न सक्ने हामीलाई लाग्यो,' उनले भने।
सुदृढ आपूर्ति सञ्जालको उदाहरणका लागि उनले चिनियाँ औद्योगिक सहर सियान्जेनलाई अगाडि सारे। 'तपाईलाई हजारौं रबरको ग्यास्केट चाहियो त्यो अघिल्तिरको कारखानामा पाउन सकिन्छ, लाखौंको संख्यामा पेच चाहियो त्यो अर्को ब्लकको कारखानामा उपलब्ध छ,' उनले भने, 'त्यतिमात्रै होइन कारखानाले उत्पादन गर्दै आएको पेचभन्दा फरक खालको चाहियो भने तीन घन्टाभित्रै त्यो पनि तयार हुन्छ। ' अहिले चीनमा सबै आपूर्ति सञ्जाल स्थापना भइसकेको उनले जानकारी दिए।
चिनियाँ कामदारको प्रयोगलाई लिएर एप्पलको आलोचना गर्नु निरर्थक भएको कम्पनीका कार्यकारी बताउँछन्। 'हामीलाई चाहिने जस्तो सिप भएको जनशक्ति अमेरिकामा छैन,' उनले भने। उनले अमेरिकामै पनि एप्पलले अरुको तुलनामा बढी रोजगार सिर्जना गरेको दाबी गरे। एप्पलको आइफोन तथा आइप्याडको बिक्रीमा बढोत्तरी सँगै ती बिक्री केन्द्रका लागि आवश्यक जनशक्ति अमेरिकीहरुमध्येबाटै आउने उनले जानकारी दिए।
रात्रिभोजको अन्ततिर सबै जना राष्ट्रपतिसँग सामुहिक फोटो खिचाउन लागे। केही जब्सको वरिपरि झुम्मिए। राष्ट्रपति र अन्य निम्तालुलाई उनले भने,'म यो देशको दीर्घकालीन भविष्यबारे चिन्तित छैन। अमेरिका महान देश हो भन्नेमा कुनै शंका छैन। तर, हामीहरु समाधानबारे धेरै कुरा गर्दैनौं। यो चिन्ताको विषय हो।'
रात्रिभोजका सहभागीमध्ये केहीले विदेशी कामदारलाई भित्र्याउन सरकारले भिसा नीति लचिलो बनाउनुपर्ने सुझाव दिए। केहीले 'ट्याक्स होलिडे' गर्नुपर्छ भनेर सुझाए। कसैले अमेरिकीहरुलाई आवश्यकता अनुसारको तालिम दिन सरकारले सहयोग गर्नुपर्छ भन्ने माग गरे।
अर्थशास्त्रीहरु यसखालका सुझावको उपयोगितामाथि प्रश्न गर्छन्। संघर्षरत अर्थतन्त्रमा कहिलेकाहिँ अनपेक्षित घटनाक्रम देखा पर्ने तर्क उनीहरु गर्छन्। अझै पनि अमेरिकी सिर्जनशीलताले लाखौं रोजगारी सिर्जना गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न अनुत्तरित छ। सौर्य तथा वायु ऊर्जा, सेमिकन्डक्टर तथा डिस्प्ले प्रविधि क्षेत्रको आविष्कारमा अमेरिकीहरुले ठूलो फड्को मारे। तर जब यी क्षेत्रले उद्योगको रुप लिए र बजारमा जान थाले रोजगार अवसर सबै विदेशियो। जब कुनै आविष्कारलाई बजारमा ल्याउने चरण आउँछ उत्पादनका लागि सबै कम्पनी चीन पुग्ने गर्छन्।

बर्लिन फिल्म महोत्सवमा पहिलो पटक नेपाली फिल्म

'हाइवे'को वर्ल्ड प्रिमियर महोत्सवमा हुने-
काठमाडौँ, माघ १२ (नागरिक)-  विश्वका प्रमुख फिल्म महोत्सवमध्येको एक बर्लिन फिल्म महोत्सवका लागि दीपक रौनियारद्वारा निर्देशित नेपाली फिल्म 'हाइवे' छनौट भएको छ। जर्मनीको बर्लिनमा आउँदो फेब्रुअरी ९ देखि १९ सम्म हुने महोत्सवका लागि छनौट भएका ११ वटा विभिन्न देशका फिचर फिल्ममा 'हाइवे' छनौट भएको हो।
हाइवेको दृश्यमा सौगात मल्ल र सृष्टि घिमिरे
महोत्सवको प्यानोरामा प्रोग्राम अन्तर्गत थप ११  फिल्म आज छानिएका  हुन्।  छानिएका ११ फिल्ममध्ये ८ वटा फिल्मको वर्ल्ड प्रिमियर सोही महोत्सवबाट हुँदैछ। हाइवेको पनि वर्ल्ड प्रिमियर त्यहीँबाट हुने भएको हो।

आज थपिएका ११ फिल्मसहित यो महोत्सवको प्यानोरामा प्रोग्राममा कूल ५३ वटा फिचर फिल्म प्रदर्शन हुने भएका छन्। तीमध्ये ३७ देशका फिल्म वर्ल्ड प्रिमियर हुनेछन्।

प्यानोरामामा बहस चलाउने हिसाबले बनाइएका फिल्महरुको छनौट हुने गर्छ।

सन् १९७८ देखि वार्षिक रुपमा आयोजना हुने बर्लिन फिल्म महोत्सवमा पहिलो पटक नेपाली फिल्म छनौट भएको हो।

'हाइवे'मा अमेरिकी कम्पनी लुभर्चुर फिल्मस्ले सहलगानी गरेको छ।  यो कम्पनीले अभिषेक बच्चन अभिनित बलिउड फिल्म 'दम मारो दम' पनि निर्माण गरेको हो।
लुभर्चुर फिल्मस्ले निर्माण गरेका फिल्महरू संसारका प्रतिष्ठित फेस्टिभलहरूमा सहभागी हुँदै आएका छन्। त्यसैले कम्पनीसँगको सहकार्यलाई निर्देशक दीपक रौनियार फेस्टिभलको नेटवर्कमा प्रवेश गर्ने ढोका मान्छन्। 'एउटा नेपाली फिल्मले वास्तविक अन्तर्राष्ट्रिय बजार हासिल गर्न सक्छ यो पटक,' दीपकले गत भदौमा नागरिकसित कुरा गर्दै भनेका थिए, 'भविष्यमा अरू नेपाली फिल्मका लागि पनि ढोका उघ्रिनसक्छ।'
समिरमणि दीक्षितद्वारा निर्मित 'हाइवे'मा नेपालीहरूले राजमार्गको यात्रा गर्दा भोग्नु परेका समस्याहरूको कथा उनिएको छ। यसमा कर्म, सौगात मल्ल, ऋचा शर्मा, विनय श्रेष्ठ, इलम, दयाहाङ राई, राजन खतिवडा लगायतको मुख्य अभिनय छ।

हाइवेले अनलाइन क्राउड फन्डिङ वेबसाइट 'किकस्टार्टर' मार्फत् पोस्टप्रोडक्सनका लागि ३३ हजार ६ सय ४७ अमेरिकी डलर (करिब २७ लाख रुपैयाँ) संकलन गरेको थियो।


 
आज मनोनीत ११ फिल्मको सूचि

बुगिस स्ट्रिट रिडक्स 

योनफान, हङकङ
चेरी
स्टेफन इलियट, अमेरिका
वर्ल्ड प्रिमियर

चोको
जोन्नी हेन्ड्रिक्स हिनेस्ट्रोजा, कोलम्बिया
वर्ल्ड प्रिमियर
ग्लाउबे, लाइबे, टड 
पिटर केर्न, अस्ट्रिया
वर्ल्ड प्रिमियर
हाइवे
दीपक रौनियार, नेपाल/अमेरिका
वर्ल्ड प्रिमियर
आइरन स्काइ 
टिमो भुओरेन्सोला, फिनल्यान्ड/नेदरल्यान्डस्/अस्ट्रिया/जर्मनी
वर्ल्ड प्रिमियर
लभ बाइ डोज
निउ चेन-जेर, चीन/ताइवान
म्यान अन ग्राउन्ड
अकिन ओमोटोसो, दक्षिण अफ्रिका
माइ ब्रदर डेभिल
स्याली एल होसेनी, बेलायत
वर्ल्ड प्रिमियर
रेन्टानेको 
नाओको ओगिगामी, जापान
वर्ल्ड प्रिमियर
द कन्भोइ एलेक्सी मिज्गिरेभ, रुस
वर्ल्ड प्रिमियर

इन्फोटेकमा प्रधानमन्त्री भिडियो सन्देश



काठमाडौं, माघ १२ (नागरिक)- राजधानीको भृकुटी मण्डपमा क्यान इन्फोटेक उद्‌घाटनको भव्य तयारी भइरहँदा लाजिम्पाटस्थित माओवादी अध्यक्षको नयाँ निवासमा बाबुराम भट्टराई राजनीतिक विमर्श गर्दै थिए। सरकारका निर्णय र शासकीय स्वरुपमा माओवादी अडानका कारण विपक्षीको निसाना बन्दै आएका प्रधानमन्त्री कङ्ग्रेस र एमाले नेताहरुसँगको बैठकमा व्यस्त रहेपछि इन्फोटेक उद्‌घाटन समारोहमा पुग्न भ्याएनन्।


भौतिक रुपमा उपस्थित हुन नसके पनि फेसबुकका पूर्व प्रयोगकर्ता प्रधानमन्त्री प्रविधि बारे सचेत देखिए। उनले तत्कालै भिडियो सन्देश खिच्न लाए क्यान इन्फोटेकको उद्‌घाटन सत्रलाई पठाइदिए, त्यही भिडियो प्ले गरेर भृकुटीमण्डपमा क्यान महामेला सुरु भयो।
प्रधानमन्त्रीले दिएको सन्देशमा धनी र गरिबबीचको खाडल भन्दा डिजिटल डिभाइट (प्रविधिमा पहुँच हुने-नहुनेबीचको खाडल) काहली लाग्दो भएको उल्लेख गरेका छन्। 'जबसम्म यसलाई हटाउन सकिँदैन तबसम्म द्रुततर आर्थिक हुन सक्दैन', उनले भने- 'सन् २०१३ लाई सूचना प्रविधि वर्षको रुपमा मनाउने क्यानको प्रस्ताव सकारात्मक छ। सूचना प्रविधि सरकारको प्राथमिकतामा छ।'
पूर्वाधार तयार पार्न आग्रह
उद्‌घाटन सत्रमा मन्तव्य राख्दै क्यान अध्यक्ष सुरेशकुमार कर्णले लगानी मैत्री वातावरण बनाउन सके सूचना प्रविधिबाट सीप, ज्ञान र अर्थ आर्जन गर्न सक्ने हुँदा पूर्वाधार बनाउन सरकारसँग आग्रह गरे। उर्जा र सञ्चारका पूर्वाधार तयार गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले मुलुकको विकासका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्न जोड दिए।
१२ हजार रुपैयाँमा आउने ट्वालेट पिसी र र नयाँ मोडलका ल्यापटप र नेटबुक यो पटकको क्यान महोत्सवका विशेष आकर्षणका छन्। आजबाट सुरु भएको ६ दिने क्यान महोत्सवमा २ सय २४ वटा स्टल छन्। महोत्सव विज्ञान प्रविधि मन्त्री कल्पना धमलाले क्यान २०१२ को उद्‌घाटन गरिन्।

Tuesday, January 24, 2012

New Nepali Movie "Chapali Height"

'मिस यू'

२०६८ माघ ९, सोमवार

प्रदर्शनको मिती जति जति नजिकिंदै छ त्यति त्यति नै 'मिस यू' चलचित्रको ग्लोबल मार्केटमा डिमाण्ड बढ्दै गईरहेको छ । नेपालमा फेब्रुअरी १७ तारिखका दिन रिलिज हुन लागेको सो चलचित्रलाई बिदेशमा प्रदर्शनका लागी डिमाण्ड बढ्दै गईरहेको बिदेश बिभाग प्रमुख सुमन गैरेले बताए ।

कतारको दोहा स्थित दोहा सिनेमा हलमा फेब्रुअरी १० तारिखका दिन पहिलो स्क्रिनिङ गर्न लागिएको सो चलचित्र अष्ट्रेलियामा फेब्रुअरी १४ तारिखका दिन स्क्रिनिङ गरिने गैरेले जानकारी गराए । यस्तै डेनमार्कमा पनि फेब्रुअरी महिनामा नै रिलिज गर्न लागिएको बताउँदै गैरेले युरोपका करिब एक दर्जन देशमा चलचित्र रिलिज हुने बताए । अन्य देशमा पनि रिलिजका लागि कुरा भईरहेको उनको भनाई थियो ।

चलचित्रको पोस्टर देखि प्रोमो र गीत सार्वजनिक भएपछि डिमाण्ड बढेको चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेल बताउँछन् । उनी भन्छन्, 'जब हामीले चलचित्रका पब्लिसिटी म्याट्रियल रिलिज गर्दै गयौं त्यसपछि डिमान्ड पनि बढ्दै गएको हो ।' यसरी डिमाण्ड बढ्दै गएपछि चलचित्रका निर्माता समेत रहेका नायक दिलिप रायमाझी निकै दंगिएका छन् ।

बिदेशमा चलचित्र रिलिज हुने थाहा पाए पछि दर्शकहरू निकै एक्साईटेड भएको 'मिस यू' चलचित्रका युरोप निर्माता तथा बितरक देबु श्रेष्ठ बताउँछन् । यता कतारमा पहिलो पटक 'मिस यू' रिलिज हुन लागेको थाहा पाएपछि कतारका नेपाली दर्शकहरूले सामाजिक सञ्जालमा 'मिस यू' को प्रतिक्षामा रहेको र हेर्न निकै आतुर रहेको उल्लेख गरेका छन् । अहिले लूट जसरी नै 'मिस यू' को बारेमा फेसबुकका वालहरू भरिन शुरू गरेका छन् भने चलचित्रका गीतहरू यु ट्यूबमा हजारौंको संख्यामा डाउनलोड भईसकेका छन् ।

नम्रता श्रेष्ठ, दिलिप रायमाझी र बरूण राणाको मुख्य अभिनय रहेको चलचित्र 'मिस यू' मा किचमान चित्रकार र बाबु बोगटीको संगीत रहेको छ । मलेशियमा छायाँकन गरिएको सो चलचित्रलाई धिरज जंग शाह र राजुबिक्रम थापाले खिचेका हुन् । चलचित्रका लेखक सुरज सुब्बा 'नाल्बो' हुन् ।



मनिषाको रामलिला !



काठमाण्डौ, २०६८ माघ ११, बुधवार

केहि समय अगाडी मुम्बई पुगेकी अभिनेत्री मनिषा कोईरालाले यस्तो रामलिला देखाईन् कि सुन्दा पनि लाज लागेर आउँछ । यसअघि पनि दिल खोलेर मदिरा सेवन गर्ने मनिषाले गत साता आफ्नै पूर्व प्रेमी प्रशान्त चौधरीले खोलेको रेष्टुरेन्टको उदघाटन समारोहमा यसरी रक्सी सेवन गरिन कि गाडीमा पनि चढ्न नसकेर उनलाई कसैको साहारा लिनु परेको थियो ।

श्रीमान सम्राट दाहालसँग डोभोर्सको हल्ला चलिरहेका बेला मनिषाले अत्याधिक रक्सी सेवन गरेको समाचार बाहिर आए पछि उनका बारेमा नकारात्मक टिप्पणी हुन थालेका छन् । श्रीमानसँगको तनावबाट एकछिनका लागि भए पनि छुटकारा पाउन उनले रक्सी सेवा गरेको हुनसक्ने अनुमान लगाईएको छ । तर यसरी आफैलाई सम्हाल्न नसक्ने गरि सार्वजनिक स्थानमा रक्सी पिउनु पक्कै पनि फ्यानला लागि दु:खको कुरा हो ।
 
मुम्बईको बर्सोवा स्थित खोलिएको रेष्टुरेन्टमा मनिषाले रक्सी पिएर सम्हालिन नसकेका तस्विरहरू अहिले अनलाईनहरूमा छ्याप्छ्याप्ती भएका छन् । उनलाई केहि साथीहरूले गाडीमा राखि घर पुर्‍याएको भारतिय अनलाईनहरूले जनाएका छन् ।