Thursday, January 12, 2012

घुस लिने ट्राफिक निलम्वित

 महानगरीय ट्राफिक प्रहरी महाशाखाले मदिरा सेवकसंग घुस लिएर छाडेको भन्दै एक प्रहरी जवानलाई निलम्बन गरेको छ ।
महाशाखा दरबान्दी भई ट्राफिक प्रहरी बृत्त जावलाखेलमा कार्यरत प्रहरी जवान नारदकुमार माझीले प्रहरी आचरण विपरित मोटरसाईकल चालक संग पैसा लिएकोले निलम्वन गरेको प्रहरीले जनाएको छ । 'प्रहरी जवानलाई थप अनुसन्धान गर्नु पर्ने भएकोले प्रहरी नियमावली २०४९ - संशोधनसहित) को परिच्छेद ९ को नियम ८९(४) बमोजिम पुस २७ देखि नै लागु हुने गरी नोकरीबाट निलम्बन गरिएको महाशाखाले जनाएको छ । मदिरा सेवन गरे नगरेको जाच गर्ने क्रममा नारदले मोटरसाइकल चालकसंग पैसा लिएको दृश्य कान्तिपुर आजले प्रशासन गरेको थियो ।

No comments:

Post a Comment