Sunday, January 22, 2012

करोडको मोडलिङले दिलायो अवार्ड

करोडको मोडलिङले दिलायो अवार्ड
 काठमाडौं ८ माघ,

विज्ञापन खेलेर करोड पारिश्रमिक लिएकी भनिएकी अभिनेत्री मनिषा कोइरालाले त्यही विज्ञापनबाटै उत्कृष्ट महिला मोडलको ‘कृति अवार्ड’ जितेकी छिन् । लाइनेज प्रालिको डिसहोम एडभर्टाइजमा खेलेबापत मनिषाले अवार्ड जितेकी हुन् । 
 
manisha_in_400
 
यसैवर्षबाट सुरु गरिएको उत्कृष्ट पुरुष र महिला मोडल विधामा मनिषाको उक्त जित सम्भव भएको हो । अभिनेत्री माल्भिका सुब्बाले मनिषाको नाम एनाउन्स गर्दा मनिषा भारतको केरलामा सिनेमा सुटिङमा व्यस्त थिइन् ।

जगदम्बा स्टिल्जमा खेलेका अभिनेता राजेश हमाल, एट्–डी सिनेमाका जीवन लुईँटेल तथा मदनकृष्ण र हरिवंश भने उपाधिविहिन रहे । निर्देशक यादव खरेल संयोजकत्वको जुरीले अवार्डका विजेता छानेका हुन् । मनिषाले खेलेको उक्त विज्ञापनलाई प्रसन्न पौडेलले निर्देशन गरेका थिए ।

विज्ञापन प्रसारणताकै मनिषाले करोड पारिश्रमिक लिएको चर्चा थियो । विहे गरेपछि पहिलोपटक मनिषाले उक्त विज्ञापन खेलेकी थिइन् । उक्त विज्ञापनमा पनि उनी गृहणीकोरुपमा देखिएकी छिन् । वर्ष २०१२ को अन्त्यमा चलचित्र ‘पृथ्वीनारायण शाह’ निर्देशन गर्ने घोषणा गरेकी मनिषा यतिबेला मलायम सिनेमामा व्यस्त छिन् ।

No comments:

Post a Comment