Saturday, April 28, 2012

Click on the slide!

युवती प्रदर्शन

आफूहरुलाई नजिस्काउन चेतावनी दिँदै राजधानीको वसन्तपुरमा प्रदर्शन गर्दै युवती। तस्बिर : मदन चौधरी

Sunday, April 22, 2012

12 interesting facts about NepalPrint This PostEmail

Filed under: My Favourite...
Wednesday, 24 August 2011 14:40
  1. Nepal opened its borders to the world in the 1950s and 2011 is Nepal Tourism Year! So make this year count and join the celebration!
  2. People in Nepal do not greet one another with a handshake, but rather put their palms together and bow their forehead and say Namaste (directly translated as ‘I salute the God in youˇ). This is the same greeting used throughout India.
  3. A popular and cheap ‘fast food’ is the Momo. Delicious dumplings made from flour and water filled with different fillings like chicken, meat or vegetables either fried or steamed and served with a dipping sauce. My favorites were the yak-meat filled ones at the Yak Cafà in Kathmandu.
  4. Nepal is home to one of the few places on earth where you can see both the Bengal tiger and the one-horned rhinoceros. We were lucky to see 3 rhinos on our safari!
  5. The Annapurna region was voted one of the top 10 best trekking places on earth. The trek to Poon Hill is a moderate 5-day trek with views that will blow you away!
  6. Everest in the Nepali language is Sagarmatha which means goddess of the sky and it stands at a staggering 8,848 metres (29,029 ft) above sea level.
  7. Bob Seger wrote a song called Kathmandu in 1975. He wrote it at a time when he wanted to disappear from the record business, media and touring. Kathmandu represented a far way land where no one would be able to find you.
  8. Little Princes written by Conor Grennan is about child trafficking in Nepal and spawned the NGO Next Generation Nepal which reunites children and their families and aids rural communities. A must read and a portion of the proceeds from every book go directly to the cause!
  9. The Sherpas are an ethnic group from mostly the eastern mountainous part of Nepal. Many are employed as porters for mountain expeditions as they do not suffer the effect of altitude and due to their genetics and upbringing. Many groups refer to their porters as Sherpas.
  10. Nepal is the birthplace for the Lord Buddha. Lumbini and a pilgrimage for many devout Buddhists.
  11. Nepal has the densest concentration of World Heritage Sites. Kathmandu valley alone has 7 World Heritage Cultural sites within a radius of 15 kilometers.
  12. The Nepali flag is the only nation with non-quadrilateral flag.The two triangles symbolize the Himalaya Mountains and represent the two major religions, Hinduism and Buddhism.
Aaron and I spent 7 incredible weeks in Nepal last year. At the start we accompanied a group up the Everest Base Camp Trek and then we took to the road, designing our new trip Wild and Natural Nepal. We trekked around the Annapurna Region, ate Yak steaks, went on an elephant safari (where we saw one-horned rhinos) and cooked dinner with a local family in small village, where we supported a local home-stay program. We travelled by local bus, rickshaws, ox and boat. I had no idea this tiny country had so much to offer! It is truly a magical place and the people of Nepal are some of the warmest and ‘smiliest’ I have ever come across in my travels. Thank-you Nepal, we’ll be back!
Aparna
originaltrails.com

लुटले मनायो एकसय दिन


loot_in_400_01
 
व्लकबस्टर सिनेमा ‘लुट’ले शनिबार प्रदर्शनको एकसय दिन सेलिव्रेट गरेको छ । राजधानीको गोपिकृष्ण, गुण र गंगा मल्टिप्लेक्समा कीर्तिमानी सिनेमाले एकसय दिन मनाएको हो । ३ करोड १५ अलनेपाल ग्रस र ओभरसिजमा ६१ लाख ग्रस कलेक्सन गरि सिनेमाले सर्वाधिक आम्दानीको कीर्तिमान कायम गरेको छ । शनिबार विहानैदेखि ‘लुट’का निर्माता, निर्देशक र कलाकारलाई बधाइ दिनेको ओइरो छ ।

 
निर्देशक निश्चल बस्नेतले नेपाली सिनेमाले संकटको सामना गर्नु परिरहेको बेला आफ्नो सिनेमाले एकसय दिन पुरा गर्नु गौरवको कुरा भएको बताए । ‘यसले धेरै कोणबाट सन्देश दिइरहेको छ’ मेरोसिनेमालाई उनले भने, ‘एउटा इतिहास जसले नेपाली सिनेमाको ट्रेन्ड नै परिवर्तन गरिदियो ।’ निर्माताद्धय नरेन्द्र महर्जन र माधव वाग्लेले पनि खुशि व्यक्त गरे । अभिनेता सौगात मल्ल र दयाहाङ राईले ‘छड्के’को सेटबाटै उत्साह व्यक्त गरे । 

समयमै जहाज नआउादा....

रुकुम । समयमै जहाज नआउादा अस्पतालले रेफर गरिएको विरामीको जहाज कुर्दा कुर्दै मृत्यु भएको छ । पश्चिम रुकुमको चौरजहारी अस्पतालले पूर्तिमकााडा ७ कि १३ वषर्ीया वालिका सम्झना पुनलाई थप उपचारको लागि नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा शुक्रवार रेफर गरेको थियो ।
तर, नियमित कार्य तालिका अनुसार चौरजहारी विमान स्थलमा जहाज नआउादा विरामीको मृत्यु भएको हो । वालिका सम्झाना केहि दिन अघि घरको छतवाट खसेकी थिइन् । वालिकाको पेट, टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।
उनको गम्भीर अवस्था भएकोले जिल्लामा उपचार हुन नसक्ने भन्दै चौरजहारी मिसन अस्पतालले नेपालगञ्ज रेफर गरेको हो । दूर्गमका जिल्लाहरुमा जहाज उडानको अनियमितताले गर्दा विरामीहरु सवैभन्दा वढि मारमा परेका छन् ।
पछिल्लो पटक सरकारले जहाजको सेड्युअल थप गरेपनि जहाज अनियमित हुादै आएका छन् । पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले रुकुम सदरमुकामको सल्ले विमान स्थलको लागि हप्तामा ४ दिन र चौरजहारी विमान स्थलको लागि हप्तामा ३ पटक उडान राखेको छ ।
तर, सिमित जहाज भएकाले अनियमित हुने गरेको हो । साथै विगत लामो समयदेखि वन्द रहेको एयरपोर्टहरु पुनःसञ्चालन भएपछि उडानमा गडवडी हुने गरेको छ ।

सम्झनामा पासाङ

पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको १९ औं वर्ष प्रवेशको अबसरमा आयोजित कार्यक्रममा पासाङको तस्वीरमा माल्यार्पण गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई

अमेरिकी वैज्ञानिक सगरमाथा आधार शिविरतिर

  • आरोहीको स्वास्थ्य अध्ययन गरिन

Mount-Everest
काठमाडौं , वैशाख १० - सगरमाथा आरोहणमा जानेहरूको उच्च अल्टिच्युडमा रक्तप्रणालीमा पर्ने असरबारे अध्ययन गर्न अमेरिकी वैज्ञानिकको टोली शुक्रबार आधारशिविरतर्फ गएको छ । टोलीले त्यहाँ प्रयोगशाला स्थापित गरी अध्ययन गर्ने बताएको छ ।
मुटुसम्बन्धी रोगबारे रोचेस्टरस्थित मायो क्लिनिकमा परामर्शदाताको रूपमा काम गरेका ब्रुक जोनसनले उचाइमा फोक्सोको क्रियाकलापसम्बन्धी अध्ययनमा इच्छुक रहेको बताए । 'उचाइमा यसको क्रिया हृदयाघात भएका बिरामीको फोक्सोको क्रिया प्रणालीसँग मिल्ने हुन्छ,' उनले भने । उनी बसेको ठाउँमा उपचारसम्बन्धी अध्ययनका लागि लगिने उपकरणहरू वरपर छरिएका थिए ।
टोलीमा रहेका सबै सदस्यले पहिल्यै हिमाली क्षेत्रमा आफूलाई उचाइअनुसार अभ्यस्त बनाउँदै लगेकाले आधार शिविरमा बनाइने प्रयोगशालामा बसेर काम गर्न सक्ने उनको दाबी छ । टोलीसँग रगतमा अक्सिजनको मात्रा, शरीरले गरेको ऊर्जा खर्च र क्यालोरी खपत नाप्न नाडीमा बाँधिने विशेष प्रकारको घडीसमेत रहेको जोनसनले जानकारी दिए । यस्तो खाले अध्ययन सन् १९६३  मा समेत भएको थियो । जोनसनले अहिले गरिने अध्ययन त्यसकै विस्तारित रूप भएको बताएका छन् ।
अध्ययनअन्तर्गत आरोहीको लुगामा रहेको खल्तीमा 'मायो प्ल्याटर्फम' नामक एक उपकरण जडान गरी उसको मुुटुको प्रणालीले कस्तो काम गरिरहेको छ भन्ने जाँचिनेछ । त्यस्तै अक्सिजनको मात्रा कम भएको स्थानमा आरोहीको सोच्ने क्षमता कस्तो रहन्छ भन्नेबारे जान्न टोलीले विशेष रूपमा बनाइएको भिडियो गेमको प्रयोग गर्ने उनले बताए ।
'एक्सटि्रम' स्थितिमा मान्छेको शरीरले कस्तो किसिमले काम गर्छ भनेर गरिएका पुराना अध्ययनमा नयाँ आयाम थप्न आरोहीमा यस्तो अनुसन्धान गर्न लागिएको दाबी टोलीको छ ।
'यो अध्ययनले उचाइमा लाग्ने रोग र हिमालमा आरोहीको मृत्यु हुनुको मुख्य कारणबारे नयाँ तथा थप जानकारी सबैलाई प्रदान गर्नेछ,' जोनसनले थपे । आरोहण सुरु भएयता हालसम्म सगरमाथा चढ्न जानेमध्ये २ सय २१ भन्दा बढीको मृत्यु भएको तथ्यांक छ ।
हालसम्म ३ हजार ७  सयभन्दा बढीले सगरमाथा चढेका छन्  । यसपालि ३ सयभन्दा बढी विदेशी र ४ सयको हाराहारीमा शेर्पा गाइड आरोहणको तयारीमा छन् । जसमध्ये क्यालिफोर्निया निवासी ७० वर्षीय बिल बुर्केसमेत छन् ।  सगरमाथा चढ्न उत्तरपट्टकिो बाटो रोज्नेमा यसपालि ३ वटा टोली समावेश छन् । 

आँखा उपचारको लागि आफ्नो सम्पूर्ण जीवन लहानमा अर्पण गरेर स्वदेश फर्कने तयारीमा रहेका सगरमाथा चौधरी आँखा अस्पतालका कार्यक्रम निर्देशक तथा वरिष्ठ चिकित्सक डा. एल्ब्रेच्ट हेनिग तथा उनका पत्नी क्रिस्टिना हेनिगलाई आइतवार विदाई तथा नागरिक अभिनन्दन समारोहमा सहभागी हुँदै ।

डान्स रियालिटी सोमा नेपाली मूलका प्रदीप दोस्रो



काठमाडौँ, वैशाख १० (नागरिक)- भारतको जीटिभीमा प्रसारण भइरहेको डान्स इन्डिया डान्स रियालिटी सोमा नेपाली मूलका प्रदीप गुरुङ दर्शकको मतको आधारमा दोस्रो भएका छन्। गएराति सम्पन्न ग्रान्ड फिनालेमा रजस्मिता करले पहिलो स्थान जितिन्। १८ प्रतिस्पर्धीहरुका साथ १७ हप्तासम्म चलेको रियालिटी सोको ग्रान्ड फिनालेमा पाँच जना भिडेका थिए। भोटका लागि इन्टरनेट र मिस कलको प्रयोग गरिएको थियो।
कसले कति मत पाए ?
रजस्मिता कर ४५ लाख ८९ हजार ३ सय
प्रदीप गुरुङ ३४ लाख ९४ हजार ३६१
राघव जुयल ३४ लाख ८१ हजार ६८५
सनम जोहर १५ लाख ७७ हजार ५११
मोहेना सिंह ८ लाख ५१ हजार ३३५

दाहालपुत्रको नाक हिउँले खायो (फोटोसहित)


काठमाडौँ, वैशाख १० (नागरिक)- सगरमाथा आरोहणका लागि काठमाडौँबाट केही साताअघि प्रस्थान गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको नाक आधार शिविर नपुग्दै हिँउले बिगारिदिएको छ।
हिउँले खाएको नाक। तस्बिर सौजन्यः सोलिडारिटी खबर

६ हजार २ सय मिटरको हिमाल चढ्ने क्रममा हिउँले आफ्नो नाकलाई बिगारिदिएको जानकारी प्रकाशलाई उद्‍धृत गर्दैसोलिडारिटीखबरले जनाएको छ।
चैत २२ गते सोलुखुम्बुबाट लुक्लातर्फ गएको उनीसहितको टोली अहिले आधार शिविर पुगिसकेको छ।

'शान्ति र संविधानको लागि' भन्दै २ करोड रुपियाँ सरकारी सहयोगमा सगरमाथा आरोहण गर्न लागेको खबर सार्वजनिक भएपछि विवादमा परेको भ्रमण टोलीले पछि चन्दा उठाएर यात्रा सुचारु गरेको थियो। टोलीका लागि सरकारले रोयल्टीमात्र छुट दिएको थियो।
माओवादी नेता कृष्ण केसी, युवराज दुलाल, सरल सहयात्री, शिवकुमार डाँगी, विना मगर, मदन चुडाल, महेश्वर फुयाँल, इशु भट्ट र शिव सापकोटा आरोहण दलमा सहभागी छन्।
टोलीले सगरमाथा चुचुरोमा कम्युनिस्ट पार्टी र राष्ट्रिय झण्डा गाड्ने लक्ष्य राखेको छ।

तस्बिर सौजन्यः सोलिडारिटीखबर