Sunday, April 22, 2012

समयमै जहाज नआउादा....

रुकुम । समयमै जहाज नआउादा अस्पतालले रेफर गरिएको विरामीको जहाज कुर्दा कुर्दै मृत्यु भएको छ । पश्चिम रुकुमको चौरजहारी अस्पतालले पूर्तिमकााडा ७ कि १३ वषर्ीया वालिका सम्झना पुनलाई थप उपचारको लागि नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा शुक्रवार रेफर गरेको थियो ।
तर, नियमित कार्य तालिका अनुसार चौरजहारी विमान स्थलमा जहाज नआउादा विरामीको मृत्यु भएको हो । वालिका सम्झाना केहि दिन अघि घरको छतवाट खसेकी थिइन् । वालिकाको पेट, टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।
उनको गम्भीर अवस्था भएकोले जिल्लामा उपचार हुन नसक्ने भन्दै चौरजहारी मिसन अस्पतालले नेपालगञ्ज रेफर गरेको हो । दूर्गमका जिल्लाहरुमा जहाज उडानको अनियमितताले गर्दा विरामीहरु सवैभन्दा वढि मारमा परेका छन् ।
पछिल्लो पटक सरकारले जहाजको सेड्युअल थप गरेपनि जहाज अनियमित हुादै आएका छन् । पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले रुकुम सदरमुकामको सल्ले विमान स्थलको लागि हप्तामा ४ दिन र चौरजहारी विमान स्थलको लागि हप्तामा ३ पटक उडान राखेको छ ।
तर, सिमित जहाज भएकाले अनियमित हुने गरेको हो । साथै विगत लामो समयदेखि वन्द रहेको एयरपोर्टहरु पुनःसञ्चालन भएपछि उडानमा गडवडी हुने गरेको छ ।

No comments:

Post a Comment