Sunday, April 22, 2012

लुटले मनायो एकसय दिन


loot_in_400_01
 
व्लकबस्टर सिनेमा ‘लुट’ले शनिबार प्रदर्शनको एकसय दिन सेलिव्रेट गरेको छ । राजधानीको गोपिकृष्ण, गुण र गंगा मल्टिप्लेक्समा कीर्तिमानी सिनेमाले एकसय दिन मनाएको हो । ३ करोड १५ अलनेपाल ग्रस र ओभरसिजमा ६१ लाख ग्रस कलेक्सन गरि सिनेमाले सर्वाधिक आम्दानीको कीर्तिमान कायम गरेको छ । शनिबार विहानैदेखि ‘लुट’का निर्माता, निर्देशक र कलाकारलाई बधाइ दिनेको ओइरो छ ।

 
निर्देशक निश्चल बस्नेतले नेपाली सिनेमाले संकटको सामना गर्नु परिरहेको बेला आफ्नो सिनेमाले एकसय दिन पुरा गर्नु गौरवको कुरा भएको बताए । ‘यसले धेरै कोणबाट सन्देश दिइरहेको छ’ मेरोसिनेमालाई उनले भने, ‘एउटा इतिहास जसले नेपाली सिनेमाको ट्रेन्ड नै परिवर्तन गरिदियो ।’ निर्माताद्धय नरेन्द्र महर्जन र माधव वाग्लेले पनि खुशि व्यक्त गरे । अभिनेता सौगात मल्ल र दयाहाङ राईले ‘छड्के’को सेटबाटै उत्साह व्यक्त गरे । 

No comments:

Post a Comment