Sunday, January 29, 2012

नेपाली सिनेमालाई अमेरिकी अवार्ड


नेपाली सिनेमा ‘गोर्खारक्षक’ले प्रसिद्ध अमेरिकी एक्सन फिल्म फेस्टिभलमा आउट्स्ट्यान्डिङ अवार्ड जितेको छ । शुक्रबार राती न्यू जर्सीमा आयोजित भव्य रेडकार्पेटमा विश्वभरका दुईहजार सेलिव्रिटीमाझ सिनेमा निर्माता तथा अभिनेता सन्नी बीले ट्रफी उचाले । अवार्ड जितेपछि एक्सन मार्सल आर्टस् म्यागजिनले ‘गोर्खारक्षक’ सिनेमामा सन्नीको अभिनयले एक्काइसौं शताब्दीका ब्रुस लीको स्मरण गराएको उल्लेख गरेको छ ।

gorkharakshyak_in1_400
अवार्ड जमघटमा सन्नीले ‘अनड्युस्पेटेड–२’ र ‘नेभर ब्याक डाउन–२’ अभिनेता माइकल जे ह्वाइट्, ‘एभोव द ल’ र ‘अनडिफिडेवल’ अभिनेता सिन्थिया रोथ रक, तथा ‘कराँते किड १ र २’, ‘र्‍याम्बो बेस्ट ब्लड २’ अभिनेता मार्टी कोभलगायतसँग सन्नीले नेपाली वज्र मार्सल आर्ट्सबारे अन्तक्रिया गरे । सो अवसरमा उनले अमेरिकी सेलिव्रिटीको आग्रहमा गोर्खाहरूले लड्ने नेपाली खुकुरी फाइटबारे जानकारी पनि गराए । जमघटमा उनले दलाइ लामाका अंगरक्षक स्टेफेन हायजसँग वज्र मार्सल आर्टसबारे कुराकारी गरे ।

gorkharakshyak_in2_400
सन्नीसहित रेखा थापा, शिव श्रेष्ठ, युवराज लामालगायतले सिनेमामा अभिनय गरेका छन् । स्वदेशमा भने यो सिनेमा पहिल्यै रिलिज भैसकेको छ । खुकुरी फाइटलाई सिनेमामा समेटिएको छ । सन्नी यतिबेला हलिउडमा रहेर त्यहाँका सिनेमामा नेपाली वज्र मार्सल आर्टस्को प्रवद्र्धन गरिरहेका छन् । 

No comments:

Post a Comment