Thursday, January 12, 2012

‘लूट’ हेर्न मल्टिप्लेक्स खचाखच


काठमाडौं २९ पुस,

‘लूट’लाई तन्नेरी दर्शकले रुचाएका छन् । पहिलो दिनको बिहानी सोमा मुलुकका प्रमुख मल्टिप्लेक्स तन्नेरी दर्शकले खचाखच रहे । सँधैजसो हिन्दी सिनेमा प्रदर्शन गरिने अडिटोरिएममा ती मल्टिप्लेक्सले ‘लूट’ प्रदर्शन गरेका थिए । हाम्रा संवाददाताहरू हलमा पुग्दा पोखराको बाराही, काठमाण्डूका सेन्ट्रल, जयनेपाल, गंगा र गोपिकृष्णमा ‘लूट’को मर्निङ सो भरिभराउ थिए ।
 
loot_opening_in_400
 
जयनेपाल र सेन्ट्रल एकमा विहानी सो ६० प्रतिशत रह्यो । हलको अकुपेन्सी औषत ४५० सिट क्षमता हो । दुवै हलले सिनेमालाई प्रतिदिन चार सो दिएका छन् । ओपनिङ मूल्यांकन गरेर थप सो निर्धारण गरिने क्यूएफएक्सले जनाएको छ । क्यूएफएक्स टिकेटिङ विभागका सन्तोष पराजुलीले टीनएजले सिनेमा रुचाएको बताए । ‘जतिपनि आएका छन् सबै टीनएज छन्’ पराजुलीले भने, ‘फ्राइडे भएकाले पनि दर्शकको चाप बढेको छ ।’ नेपाली सिनेमाले यस्तो व्यापार गर्नु उद्योगका लागि सुखद रहेको पराजुली बताउँछन् ।

‘लूट’ पहिलो सो हेर्न अभिनेत्री नम्रता श्रेष्ठ, सिनेमाकै अभिनेत्री ऋचा शर्मा, निर्माता तथा अभिनेता सुनिल रावल, समिक्षक तथा निर्देशक मनोज पण्डित क्यूएफएक्स पुगेका थिए । नम्रताले सिनेमा निकै राम्रो लागेको बताइन् । ‘पर्फमेन्स र फोटोग्राफी निकै राम्रो छ’ नम्रताले भनिन्, ‘सौगातको एक्टिङ सुपर्व लाग्यो ।’ ‘लूट’जस्ता सिनेमा बने नेपाली चलचित्र उद्योग उकासिने नम्रताको ठम्याइ छ । समिक्षक पण्डितले सिनेमा ‘इन्गेजिङ’ रहेको भन्दै प्रशंसा गरे । ‘लूट’ मुलुकका ६२ पर्दाबाट एकसाथ रिलिज भएको छ ।
 
loot_in4_400_01
 
गोपिकृष्णको गोपि अडिटोरिएम बिहानी सो ७० प्रतिशत रह्यो । कलेजका तन्नेरी र किशोर किशोरी हल भरिएको थियो । डायलगैपिच्छे चिच्याएर र सुसेलेर खुशि व्यक्त गरे दर्शकले । तर, गोपिकृष्णको कमजोर साउन्ड सिस्टमले दर्शकलाई आक्रोशित पनि तुल्यायो । साउन्ड सिस्टम सुधार्नुपर्ने आवाज उठेपछि निर्माता माधव वाग्ले आफै गोपि पुगेका थिए । केही सातामा ‘लूट’ भारत र अष्ट्रेलियामा रिलिज हुने तयारीमा छ ।
बजार
शुक्रबारै काठमाडौंका ९ र मोफसलका २५ पर्दाबाट ‘बजार’ रिलिज भएको छ । खासगरी कम शुल्क टिकट दर भएका गोपिकृष्ण, अष्टनारायण र गंगासहित कलंकी, बनेपा, गुण हलमा ‘बजार’ रुचेको छ । निर्देशक एनबी महर्जनले बिहानी सो औषत रहेको बताए । ‘मस्ती’ र ‘सडक’को अकुपेन्सी केही कम छ । ‘मस्ती’ काठमाडौं र ‘सडक’ मोफसलमा रिलिज भएका हुन् । 

No comments:

Post a Comment