Thursday, January 12, 2012

विश्वकै महंगो कुखुराको मासु खान्छन् गोर्खाली

जमिउल्लाह बाराकजाइले जाँचचौकीको ढोकामा कस्सेर हिर्काए । उनले त्यहाँका गोर्खाली सैनिकलाई बेच्न सलले छोपेर एउटा कुखुरा ल्याएका थिए ।
मेलहन्द प्रान्तको उत्तरी क्षेत्रमा पर्ने बेलायती सेनाको सानो चाँजचौकीमा राइफलम्यान तारा राईले ढोकाको भत्केको प्वालबाट बाहिर चिहाए । ‘सानो पोथी रैछ’, उनले भने, ‘मलाई मोटो पोथी ल्याइदेऊ ।’ केही महिनाअघि अफगान गाउँलेहरु खार निकाहस्थित फरवार्ड अपरेसन बेसबाहिर रहेका आधा दर्जन चाँजचौकी तथा गस्ती शिविरमा तैनाथ गोर्खालीलाई लोकल कुखुरा बेच्दै आएका छन् ।
विश्वकै महंगो युद्धमा लड्दै आएका गोरखाली विश्वकै महंगो कुखुरा खाइरहेका छन् । बेलायती सेनाको रोयल गोर्खा राइफल्स रेजिमेन्टका यी सैनिक आफैं त्यो स्वीकार गर्छन । एउटा कुखुरा किन्न गोर्खालीले ३० अमेरिकी डलर अर्थात झण्डै २५ सय नेपाली रुपैयाँ तिर्छन । यहाँ एउटा खसीको मूल्य २ सय अमेरिकी डलरसम्म पर्छ । ‘सैनिक यहाँ आएदेखि कुखुरा निकै महंगो भएको छ, हामीले जति मूल्य भने पनि उनीहरु किनिहाल्छन्’, गोर्खालीलाई कुखुरा बेच्ने बोर्जानले भने । सन् २००६ मा हेलमन्द प्रान्तमा तैनाथ भएदेखि नै गोर्खालीले स्थानीयसँग कुखुरा र खसी किन्ने गर्दछन् ।
गोर्खालीलाई अफगानिस्तानमा खटिएको गठबन्धन फौजले उपलब्ध गराउँदै आएको अधिकांश खाना बेस्वाद लाग्ने गरेको छ । आजको नागरिक दैनिकले मुख पृष्ठमा छापेको समाचारमा लेखिएको छ, उनीहरु भन्छन्, ‘आफूले घरमा खानेभन्दा बेग्लै खानेकुरा कसरी रुचोस् ।’ त्यसैले खल्तीबाट पैसा झिकेर धेरै कुखुरा किन्छन् र हरेक साँझ आफूले चाहेअनुसारको स्वादमा मासु पकाउँछन् ।

    No comments:

    Post a Comment