Sunday, January 29, 2012

भिसा रद्द गरेर नौ युवा तरकारी खेतीमा

विमल खतिवडा
- वैदेशिक रोजगारीका लागि बर्सेनि युवाहरू बिदेसिने क्रममा छन् । यहाँका युवा भने विदेश जाने भिसा रद्द गरेरै तरकारी खेतीमा लागेका छन् । विकट भुकताङले- ३ का नौ युवा अहिले गाउँमै सामूहिक रूपमा तरकारी खेतीमा व्यस्त छन् । 
'न्युजिल्यान्डका लागि भिसा लागेको थियो,' तरकारी गोड्दै गर्दा भेटिएका किशोर मल्ल्ाले भने, 'विदेश जान मन लागेन । त्यसैले भिसा क्यान्सिल गरेर तरकारी खेती सुरु
गरें ।' उनले १३ रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरिएको बताए । अहिले युवाहरूले फूलकोभी, बन्दा, साग, मुला, प्याज लगाएका
छन् । गाउंँका महिलालाई समेत गोडमेलमा लगाएर रोजगारी दिएको युवाहरूले बताए ।
अर्का युवा विदेशबाट फर्किएर खेतीमा संलग्न भएका छन् । '६ वर्ष साउदीमा बसेर मजदुरी गरियो,' स्थानीय भीमबहादुर मल्लले भने, 'लामो समय बस्दा केही गर्न सकिएन । ऋण मात्र तिर्न सकियो ।' विदेशमा गर्ने दुःख स्वदेशमै गरेर परिवार पाल्ने सोच बनाई साउदीको भिसा रद्द गरेर साथीहरूसँग तरकारी खेतीमा लागेको उनले बताए ।
मंसिरबाट तरकारी खेतीमा लागेका ती युवालाई एकछिन फुर्सद छैन । कोही तरकारी गोड्न, कोही सिँचाइ गर्न व्यस्त बन्छन् । खुसी मिलन ताजा तरकारी समूह गठन गरी खेतीमा लागेका युवाले तरकारी बिक्रीका लागि भने बजारको समस्या नभएको बताए । 'तरकारी खेती सुरु गर्न पाएको छैन, हामीलाई पठाइदिनु भन्दै पोखरादेखि व्यापारीको फोन आउन थालिसक्यो,' अर्का युवा ढकप्रसाद पौडेलले भने, 'त्यसैले उत्पादित तरकारीले माग धान्न्ासमेत मुस्किल पर्लाजस्तो छ ।'
नजिकै खोला नहुंँदा घरमा खानका लागि ल्याएको धाराको पानीबाट तरकारीमा सिँचाइ गर्ने गरिएको छ । पहिला यो गाउँंमा केही हुँदैन्थ्यो । हिउँदमा पूरै जग्गा बांँझो बस्ने गथ्र्यो । अहिले युवाहरूले तरकारी खेती गरेपछि खेतबारी हरियाली भएको छ । विदेशी मोह त्यागेर तरकारी खेतीमा लागिपरेका युवाहरूसँग परामर्श लिन विदेश जान लागेका युवासमेत बारीमै पुग्ने गरेका छन् । युवाहरूले बंगुर र माछापालनसमेत सुरु गर्न लागेको बताए ।
'धेरै पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन । गाउँघरमै व्यवसाय गरेर विदेशभन्दा दोब्बर पैसा यही कमाउन सकिन्छ भनेर सबैलाई देखाउन चाहन्छौं,' समूहकै अर्का युवा किशोर मल्ल्ाले भने, 'यो सुरुवात मात्र हो । व्यवसायलाई ठूलो बनाएर वाषिर्क ५० लाख रुपैयाँ आम्दानी गर्ने सोच छ ।' उनले तरकारी खेतीका लागि जग्गा थप गर्ने तयारीमा रहेको बताए । तरकारी खेतीका बारेमा सामान्य तालिमपश्चात् युवाहरूले यो व्यवसाय सुरु गरेका हुन् ।
प्रकाशित मिति: २०६८ माघ १५ ०९:४०

No comments:

Post a Comment