Wednesday, January 25, 2012

इन्फोटेकमा प्रधानमन्त्री भिडियो सन्देश



काठमाडौं, माघ १२ (नागरिक)- राजधानीको भृकुटी मण्डपमा क्यान इन्फोटेक उद्‌घाटनको भव्य तयारी भइरहँदा लाजिम्पाटस्थित माओवादी अध्यक्षको नयाँ निवासमा बाबुराम भट्टराई राजनीतिक विमर्श गर्दै थिए। सरकारका निर्णय र शासकीय स्वरुपमा माओवादी अडानका कारण विपक्षीको निसाना बन्दै आएका प्रधानमन्त्री कङ्ग्रेस र एमाले नेताहरुसँगको बैठकमा व्यस्त रहेपछि इन्फोटेक उद्‌घाटन समारोहमा पुग्न भ्याएनन्।


भौतिक रुपमा उपस्थित हुन नसके पनि फेसबुकका पूर्व प्रयोगकर्ता प्रधानमन्त्री प्रविधि बारे सचेत देखिए। उनले तत्कालै भिडियो सन्देश खिच्न लाए क्यान इन्फोटेकको उद्‌घाटन सत्रलाई पठाइदिए, त्यही भिडियो प्ले गरेर भृकुटीमण्डपमा क्यान महामेला सुरु भयो।
प्रधानमन्त्रीले दिएको सन्देशमा धनी र गरिबबीचको खाडल भन्दा डिजिटल डिभाइट (प्रविधिमा पहुँच हुने-नहुनेबीचको खाडल) काहली लाग्दो भएको उल्लेख गरेका छन्। 'जबसम्म यसलाई हटाउन सकिँदैन तबसम्म द्रुततर आर्थिक हुन सक्दैन', उनले भने- 'सन् २०१३ लाई सूचना प्रविधि वर्षको रुपमा मनाउने क्यानको प्रस्ताव सकारात्मक छ। सूचना प्रविधि सरकारको प्राथमिकतामा छ।'
पूर्वाधार तयार पार्न आग्रह
उद्‌घाटन सत्रमा मन्तव्य राख्दै क्यान अध्यक्ष सुरेशकुमार कर्णले लगानी मैत्री वातावरण बनाउन सके सूचना प्रविधिबाट सीप, ज्ञान र अर्थ आर्जन गर्न सक्ने हुँदा पूर्वाधार बनाउन सरकारसँग आग्रह गरे। उर्जा र सञ्चारका पूर्वाधार तयार गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले मुलुकको विकासका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्न जोड दिए।
१२ हजार रुपैयाँमा आउने ट्वालेट पिसी र र नयाँ मोडलका ल्यापटप र नेटबुक यो पटकको क्यान महोत्सवका विशेष आकर्षणका छन्। आजबाट सुरु भएको ६ दिने क्यान महोत्सवमा २ सय २४ वटा स्टल छन्। महोत्सव विज्ञान प्रविधि मन्त्री कल्पना धमलाले क्यान २०१२ को उद्‌घाटन गरिन्।

No comments:

Post a Comment