तोडियो गोर्खापल्टन कलेक्सन कीर्तिमान
बायोपिक सिनेमा ‘चपली हाइट’ले ‘गोर्खापल्टन’को आम्दानी रेकर्डलाई तोडेको छ । १६ दिनसम्मको आम्दानी विवरणअनुसार ‘चपली...’ प्रशान्त तामाङ स्टारर फिल्मभन्दा ४ लाखले माथि उक्लिएको हो । बुधबार (१६ दिन)सम्म ‘चपली...’को अलनेपाल ग्रस २ करोड १५ लाख छ । ओभरसिज ग्रस ९ लाख समेट्दा ‘चपली...’को कूल आम्दानी २ करोड २४ लाख छ । सर्वाधिक आम्दानीको कीर्तिमान भने ‘लुट’सँगै छ ।

सोसल ड्रामा ‘गोर्खापल्टन’को कूल ग्रस २ करोड २० लाख हो । दुवै सिनेमाको वितरक डीसीएनले विवरणलाई पुष्टि गरेको हो । गत आइतबारदेखि ‘चपली...’को कलेक्सन पिकअप साढे तीन लाखको औषतमा झरेको छ । यसले सिनेमासँग ‘वर्ड अफ माउथ पब्लिसिटी’को आधार कमजोर रहेको देखाएको छ । आइतबार, सोमबार र मंगलबार ‘चपली...’को अलनेपाल सिंगल डे कलेक्सन ४ लाखमा सीमित रह्यो ।
‘लुट’को सय दिन निश्चित
व्लकबस्टर ‘लुट’ले क्यूएफएक्स र गोपिकृष्ण मल्टिप्लेक्समा एकसय एक दिन मनाउने निश्चित भएको निर्माताले जनाएका छन् । ‘अन्य हलमा पनि यसको प्रबल सम्भावना छ’ निर्माता तथा वितरक नरेन्द्र महर्जनले भने, ‘यी दुई हलमा सय पुरा गर्ने निश्चित भयो ।’ गत शनिबार गोपिकृष्णले ‘लुट’का लागि दुई अडिटोरिएम खुला गरेको थियो । क्यूएफएक्समा अकुपेन्सी ६० को प्रतिशतमा छ ।

voice which captivated his fans.Bhakta Raj Acharya is not just a name, it is a tune undefined. The most popular singer, Nepal has ever known.