Sunday, March 4, 2012

लुटको खुशिका दुई अप्रिय घटना


nisha_in_400
‘लुट’ले ५१ दिन सेलिव्रेट गरिरहँदा दुईवटा अप्रिय घटना भए । पहिलो –पानी ठानेर निर्देशकहरूले केमिकल पिएर गम्भिर । दोस्रो –पत्रकारमाथि हिरोइनको आक्रमण । भोजमा मिनेरल वाटर ठानेर केमिकल पिउँदा चारजना निर्देशकहरू बिरामी भएका छन् । रिजन केसी, दिनेश कार्की, दिनेश लिम्बु र दुर्गा नेम्वाङले झुक्किएर केमिकल पिएका हुन् । करिब २०० एमएल स्पिरिट पिएपछि नेम्वाङले रातभर बान्ता गरेका थिए । सबैको पेट पोलेपछि उपचारका लागि अस्पताल लगियो । बिहानसम्म नेम्वाङ बिरामी छन् भने अरु सामान्य ।

anup_in_400
तनाव सिर्जिएपछि आर्मी अफिसर क्लवको क्यान्टिनका कर्मचारीले माफी मागेका छन् । ‘लुट’का निर्माताहरूले माफी माग्नुको सट्टा दुब्र्यवहार गरेको भन्दै निर्देशकहरू आक्रोशित भएका छन् । समाजका सदस्य कार्कीले निर्माताहरूविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने बताए । आफूहरूलाई निर्माता नरेन्द्र महर्जनले धकेलेर गेट बाहिर छाडेको उनीहरूको आरोप छ । उनीहरू निर्देशक समाजको पासमा भित्र छिरेका थिए । तनावको अवस्था आएपछि सम्हालिएको थियो । निर्देशक मनोज पण्डितले सफलताको खुशिमा कसैमाथि अवहेलना गर्न नहुने बताए ।

हिरोइन पत्रकारमाथि जाइलागिन्


जमघटमै अर्को ताण्डव भयो । आफ्नो तस्विर खिचेको भन्दै अभिनेत्री निशा अधिकारी र भिजे सहाना बज्राचार्यले संचारकर्मी अनुप भट्टराईको क्यामेरा खोसे । फोटो खिच्ने अधिकार छैन भन्दै निशाले वेभ पोर्टल समेत बन्द गरिदिने धम्की दिइन् । उनको आडमा बसेकी भिजे सहाना बज्राचार्यले क्यामेरै खोसेकी थिइन् ।

तीव्र दवावपछि निशाले मंचमा उक्लिएर माफी मागेकी थिइन् । उक्त घटनाप्रति ‘लुट’ निर्माता माधव वाग्लेले नै हात जोडेर माफी मागेका थिए । पत्रकारसँग माफी मगाउनुको सट्टा हिरोइन ऋचा शर्मा र हिरो रेमन श्रेष्ठले स्वयम निशा र सहानालाई लुकाउन मद्दत गरेका थिए । घटनालाई सबै संचारकर्मीले क्यामेरामा कैद गरेका छन् । 

No comments:

Post a Comment