Sunday, July 29, 2012


‘बाँसुल्ली’ भेनिस फिल्म फेस्टिभलमा
साउन १२ गते, शुक्रवार, मेरो सिनेमा ,

विश्वको सबैभन्दा पुरानो फिल्म फेस्टिभलमा पहिलो पटक नेपाली सिनेमा छानिएको छ । मिन बहादुर हामले निर्देशन गरेको ‘बाँसुल्ली’ ले यो अवसर पाएको हो । आगामी भदौ १३ गतेदेखि २३ गतेसम्म इटालीमा हुने ६९ औं भेनिस फिल्म फेस्टिभलमा यो सिनेमा सहभागी हुनेछ ।
 
bamnischal_400
 
‘बाँसुल्ली’ सिनेमा सर्ट मूभि समूहका लागि छानिएको हो । १५ मिनेट लामो यो सर्ट मूभिमा कर्णालीमा रहेको केटीमान्छेले बाँसुरी बजाएमा दारी जुँगा आएर विहे हुँदैन भन्ने मान्यताको सेरोफेरोमा सिनेमाको कथा बुनिएको छ ।


सिनेमा लुटका निर्देशक निश्चल बस्नेत र देवकी राईको संयुक्त निर्माण रहेको यस सिनेमाको कथा, पटकथा तथा संवाद पनि निर्देशक हामको हो । नरेन्द्र मैनालीले छायाँकन गरेको यस सिनेमामा निकिता बुढा थापा, घनश्याम गिरी, नरेश भण्डारीको अभिनय रहेको छ । ‘बाँसुल्ली’ को अर्थ बाँसुरी हो ।  

No comments:

Post a Comment