Sunday, July 29, 2012





































बाघ दूत भए हमाल
वन तथा भूसंरक्षण मन्त्रालयले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय बाघ दिवस कार्यक्रमलाई सम्वोधन गर्दै अभिनेता राजेश हमाल । हमाललाई सरकारले बाघ दूत घोषणा गरेको छ । तस्वीर : दिनेश 
गोले/अनलाइनखबर

दुई वर्षमा २१ बाघ बढ्यो







१४ साउन, काठमाडौं । नेपालमा पछिल्लो दुई वर्षमा बाघको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१० मा देशभर जम्मा १ सइ ५५ वटा बाघ गणना गरिएकोमा सन् २०१२ मा दुईवटा मात्र राष्ट्रिय निकुञ्जमा गणना गर्दा १ सइ ७६ वटा पुगेको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सन् २०१२ मार्चमा गरिएको अध्ययनअनुसार बाघको सङ्ख्यामा दोब्बर वृद्धि भएको हो । तेस्रो बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलेसार्वजनिक गरेको तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१० मा बाघको सङ्ख्या १८ वटा रहेकामा सन् २०१२ मा दोब्बर बढी ३८ वटा पुगेको हो ।

No comments:

Post a Comment