Wednesday, February 29, 2012

हाकु कालेलाई पक्राउ गरिने !


 
saugat_malla_in_400
 
व्लकबस्टर ‘लुट’ हेर्नुभएको छ भने त्यसको ह्याप्पी इन्डिङबारे पक्कै थाहा छ । तर, सिनेमाभित्र नसमेटिएको एउटा दृश्यले भने दर्शकमाझ विचारणीय प्रश्न फ्याँक्नेछ । ‘लुट’का हाकु काले विहिबार प्रहरीद्धारा पक्राउ पर्दैछन् । बैंक लुट्ने गुरु योजना बुन्न यी मुख्य पात्रलाई नेपाल प्रहरीका एसपी रमेश खरेलले गिरफ्तार गर्नेछन्, त्यो पनि भद्रकालीस्थित जंगी अड्डामा ।

अपराधीलाई काननुको दायरामा ल्याउनुपर्छ भन्ने सांकेतिक सन्देश दिन हाकु काले अर्थात सौगात मल्ल कस्टडीमा पर्नेछन् । गौरवमय ५१ दिन मनाउन ‘लुट’ले आर्मी अफिर्सस क्लवमा भव्य भोज र जमघटको आयोजना गर्दैछ जहाँ प्रमुख अतिथि बन्न प्रहरी संगठनका लोकप्रिय अधिकारी रमेश खरेल बुधबार राजधानी आइपुगेका छन् । उनैले मंचमा हाकु कालेलाई पक्राउ गर्ने भएका हुन् ।

सर्वाधिक आम्दानीको कीर्तिमानसहित ‘लुट’ले शुक्रबार ५१ दिन मनाउन लागेको हो । पूर्वसन्ध्यामा कलाकारलाई सम्मान, अफिसएल मिडियालाई प्रमाणपत्र र सफलताको खुशि साटासाट गरिने भएको हो । सातौं सातामा प्रदर्शन भैरहेको सिनेमाले क्यूएफएक्स, गोपिकृष्ण, गंगा, गुण, अष्टनारायण, पोखरा र हेटौंडामा ५१ दिन सेलिव्रेसन गर्न लागेको हो । ‘लुट’ले ४२ दिनमा २ करोड ५५ अलनेपाल र ३० लाख ओभरसिज ग्रस कलेक्सन गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनालाई तत्काल पूरा गर्न प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई तत्काल पूरा गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री भट्टराईले १०/१५ वर्ष अघि देखि सुरु भएका राष्ट्रिय गौरवका आयोजनाहरु पूरा हुन नसकेको र अत्यन्तै सुस्त गतिमा अघि बढेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोजनका कामहरुलाई दू्रत गतिमा पूरा गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री भट्टराईले विगतमा किन काम भएन भन्दा पनि अवका दिनमा दू्रत गतिमा काम गर्न निर्देशन दिनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाको महत्वको बारे सर्वसाधारणलाई जानकारी नभएको भन्दै यसको महत्वको बारेमा जानकारी दिन मुख्य सचिवलाई निर्देशन दिनुभयो । उहाँले जनतालाई आशा जगाउने उद्देश्यले यस्तो योजना ल्याएको र यी आयोजनाहरु पूरा गराउन आफू लागिपरेको भन्दै यसको महत्वको विषयमा जानकारी गराउन सके काम गर्न थप सहयोग हुने बताउनुभयो ।
आयोजना पूरा गर्नका लागि लगानी भित्र्याउन आफू लागि परेको भन्दै उहाँले सम्भावित श्रोतको पहिचान गर्न पनि सचिवहरुलाई निर्देशन दिनुभयो ।
राष्ट्रिय गौरवका आयोजनाहरु एक दर्जन भन्दा बढी भए पनि तत्कालका लागि रणनीतिक महत्व भएका आयोजनाहरुलाई पूरा गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो । उहाँले काठमाडौ तराई फास्टट्राक निर्माण र ७५० मेघावाटको पश्चिम सेति जलविद्युत परियोजनाको कामलाई दु्रत गतिमा अघि बढाउन सचिवहरुलाई निर्देशन दिनुभयो । निजगढ विमान स्थलको कामसँगै भारतसँगबाट लिनु पर्ने एयर रुटका लागि आजैबाट छलफल तिब्र पार्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले आयोजनाहरुमा भएका कामको प्रगतिको आधारमा सम्बन्धित पक्षलाई पुरस्कार र दण्डको समेत व्यवस्था सरकारले गर्ने बताउनुभयो ।
छलफलमा अर्थ, पर्यटन, उर्जा, भौतिक योजना तथा निर्माण, सिंचाई र सामान्य प्रशासन मन्त्री सहित मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो । छलफलमा सचिवहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको अधिकांश काम सन्तोषजनक ढंगले अघि बढेको बताएका थिए । यद्यपी कतिपय आयोजनाहरुमा ठेकेदारको लापरवाहीका कारण काम सुस्त भएको जानकारी गराएका थिए ।

१७ फागुन, काठमाडौं । राज्यमन्त्रीका पिए,छोइसाध्येका किन हुन्थे । बुधबार बिहानसम्म यिनको चुरीफुरी निकै थियो । लौ न मेरो यति काम गर्दिनुपर्यो भन्दै कोही हात तेर्साउन आइपुग्यो भने सजिलै ‘रेस्पन्स’गर्दैनथिए । काम गरे बापत मोटो रकम आउँछ भन्ने काइदा उनलाई पनि थाहा थियो ।त्यसैले उनले काम लिन आउनेहरुसित ल काम मिलाईदिन्छु भन्दै पैसा मागे । थोरै पैसादिएर ठूलो काम हुन्छ भने अनेक झण्झट किन बेहोर्ने ? त्यसैले रारा राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दाले पनि उनलाई पैसा दिएर काम गराउन खोजे ।

मन्त्रीका पीए भएपछि चानचुने ठाउँमा बसेर पैसालिने कुरो पनि भएन । त्यसैले उनले भव्य रेष्टुरेन्टमा उनीहरुलाई बोलाए । चियाखाजाको स्वाद लिँदै पैसाको बिटो गन्न थाले । यो चुरीफुरी क्षणभरमै चकनाचुर हुन्छ भन्नेउनलाई के थाहा ?

पाप धूरीबाट कराउँछ भने झैं रेष्टुरेन्टको ढोकाबाटै उनको पाप करायो । पैसा गन्दै गर्दा प्रहरी सहितको अख्तियारको टोली आफूकहाँ आइपुग्दा उनी छाँगाबाट खसे जस्ता भए । ओठ तालु सुके  । केहीबेर अघिसम्म पैसाको बिटो देखेर प्रफुल्ल भएको उनको अनुहार एकाएक कालोनिलो भए । फूर्तिसाथ अरुसित पैसा माग्ने बानी भएका यिनी क्षणभरमै लत्र्याकलुत्रुक भए ।अनि हात जोडेर बिन्तीभाऊ गर्न थाले ।

बिलौना गरेको भिडियो………

दिउसै ५० हजार घुस लिँदालिँदै पक्राउ परेकावन राज्यमन्त्रीका पीए नगेन्द्र यादवले शुरुमा आँशु नै झारौंला झैं बिन्ती गरे । प्रहरी र सञ्चारकर्मीको घेरामा रेष्टुरेन्टभित्रै कुर्सीमा बसेका उनले हात जोर्दै भने -’मलाई जोगाई दिनुस् सर । धेरै पैसा होइन । म ठूलो मान्छे पनि होइन । मेरो बालबच्चाको बिजोग हुन्छ । मलाई अब त्यो मन्त्रीले पनि हटाईदिन्छ । बचाउनुस् सर ।’

सँगै बसेर कागजपत्र बनाईरहेका अख्तियारका कर्मचारीले केही हुँदैन, नआत्तिनुस् भन्दै थिए । यादव अझै हात जोड्दै थिए । ‘लौ पानी खानुस्, नआत्तिनुस्’ भन्दै अख्तियारकै कर्मचारीले पानी ल्याउन अह्राए । एक गिलास पानी कलकल पिएर उनले मुख पुछे । प्रहरीले केही हुँदैन, नआत्तिनुस्, थोरै पैसा त  हो नि भनेर ढाडस दिएकाले पनि होला पानी खाएपछि उनको बिलौना कम हुन थाल्यो ।  पत्रकारले घूस लिएकोबारे जानकारी लिन लागेपछि उनले नेता झैं भाषण दिन थाले। ‘मलाई फसाईएको हो’ झुकेको टाउको केही ठाडो बनाउँदै उनले भने -’मधेसको मान्छे भनेर फसाईएको हो ।’ भ्रष्टाचारको आरोपमा जेल जाँदा जयप्रकाश गुप्ताको कुरा यिनलाई कण्ठै थियो । फोरम लोकतान्त्रिकका कार्यकर्ता समेत रहेका उनले भने-’कांग्रेस, एमाले भएको भए केही गर्दैनथिए । मधेसवादी भनेर षडयन्त्र गरे ।’

षडयन्त्र भयो भन्ने भिडियो………..

मन्त्रीको पीए भनेर चुरीफुरी गर्ने, दिउसै पैसाको बिटो लिएर घुस खाने, अनि पहिले लत्र्याकलुत्रुक परेर बिन्ती बिसाउने, अनि फेरि षडयन्त्र भयो भनेर फूर्ति गर्ने ! यि घुसखोरीका कुरा तपाईंलाई कस्तो लाग्यो कुन्नि ?

Sunday, February 26, 2012

बिरामीको पेटभित्र ६ महिनासम्म कैंची

टिम अस्पतालद्वारा गल्ती स्वीकार- 

६ महिनापछि निकालियो-
छानबिन हुन्छ : प्रजिअ-

बरुण पनेरु, डडेल्धुरा, फागुन १२- छ महिनाअघि टिम अस्पताल डडेल्धुरा पुगेका अमरगढी– १ दूधकाडेका ४२ वर्षीय देवबहादुर सार्कीले पेटको अप्रेसन गराए। डडेल्धुरामा अप्रेसन गर्दा पनि राम्रो नभएपछि उपचार गराउन भारतीय अस्पताल गए। 
'यहाँ उपचार गरेर केही साध्य नलागेपछि भारतीय अस्पतालमा उपचार गराउँदा पेटभित्रै कैंची भएको थाहा पायौं'- सार्कीका छोरा धर्मले भने- भारतीय चिकित्सकहरुले पटेभित्र कैंची भएको बताएका हुन।'

हामीले पहिले नेपालमा उपचार गराएको जानकारी गराएपछि बल्ल उपचार सुरु गरिएको हो। तीन साताअघि भारतीय टुर्नाम्याक्स सर्जिकल हस्पिटल सीतारगन्जमा अप्रेसन गरेका थिए। भारतीय अस्पतालले पेटमा कैंची भेटिएको उपचार पर्चीमा उल्लेख गरेको छ। भारतीय चिकित्सकहरुले अप्रेसन गर्ने समयमा पेटभित्रै कैंची देखेपछि अचम्म पर्दै सोधेको देवका ज्वाइँ प्रकाश सार्कीले नागरिकसित भने- कैंची देखिएकै कारण उपचारमा थप खर्च बेहोर्नुपर्‍यो।

आन्द्राको समस्या भएका सार्कीको दोस्रो अप्रेसनका क्रमका चिकित्सकहरुको पेटकमा चौकी छ भनेपछि मात्रै जानकारी भएको धर्मले बताए। ६ महिनाअगाडि आन्द्राको शल्यक्रिया गराएका अमरगढी नगरपालिका–१ का सार्कीको पेटमा चिकित्सकको असावधानीबस कैंची छुटेको टिम अस्पतालले स्वीकार गरेको छ। असार २८ गते आन्द्राको समस्या भएर टिम अस्पतालमा भर्ना गरिएका उनको ३१ गते टिम अस्पतालका डा. शिव शिर्मलले शल्यक्रिया गरेका थिए।

बिरामी निको नभएपछि उपचारका लागि भारत पुर्‍याइएकामा भारतको टुर्नाम्याक्स सर्जिकल हस्पिटलले ६ महिनापछि माघ २५ गते टिम अस्पतालमा शल्यक्रियाका क्रममा प्रयोग गरीएको उनको पेटमा छुटेको करिव ५ सेन्टिमिटरको कैंची शल्यक्रिया गरी निकालेको थियो।

कैंची छुटेको हुन सक्छ', टिम अस्पतालका निमित्त प्रशासक पृथ्वी केसीले भने- अप्रेसन गर्ने चिकित्सक अहिले डडेल्धुरामा नभएका कारण पूर्णरुपमा केही भन्न सकिँदैन। बिरामीको पेटमा कैंची भेटिएपछि स्थानीयले जिल्ला प्रशासनमा मुद्दा दिएका थिए। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा छानबिन गर्ने र अहिले पीडित पक्षलाई ५० हजार क्षतिपूर्ति दिने निर्णय  गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

'गल्ती स्वीकार गर्दैं टिम अस्पताल ५० हजार क्षतिपूर्ति दिन तयार भएको छ', प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने- घटनाको थप अनुसन्धान पनि हुन्छ।' एक दुई दिनमै छानबिन कमिटीसमेत गठन हुन्छ- उनले भने। टिम अस्पतालमा महिनौंपिच्छे चिकित्सकको लापरबाहीका घटना हुने गरेका छन्। पेटभित्रै कैंची राख्‍नु गम्भीर गल्ती भएको भन्दै स्थानीयले टिम अस्पतालका चिकित्सकलाई कारबाही माग गरेका छन्।

वर्दी फुकाले ट्राफिक प्रहरीले

दाङ, फागुन १३ (नागरिक)- मोटरसाइकल चलाउँदा हेल्मेट नलगाएका एकजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेपछि यहाँको ट्राफिकलाई सार्वजनिक रूपमा माफी मगाइएको छ। आफूहरुले ट्राफिक नियम पालना गर्न लगाउँदा सार्वजनिक बेइज्जत गराएको भन्दै प्रहरीहरुले 'वर्दी' फुकालेका छन्। 

जिल्ला ट्राफिक कार्यालयमा कार्यरत प्रहरी 'नैतिकता'को प्रश्न उठाउँदै बरु जागिरै छोड्ने मनस्थितिमा समेत पुगिसकेका छन्।
कार्यालयमा प्रहरी निरिक्षक पुर्णवहादुर भण्डारीको नेतृत्वमा १३ जनाको टोली छ। शुक्रवार बिहान प्रहरीले नियन्त्रणमा लिएको 'अनटेष्ट' मोटरसाइकको विषयमा गलत कुरामा माफी माग्न लगाएको प्रहरीले बताएको छ। एमाले निकट युवा संघका घोराही नगरकमिटि सदस्य गणेश नेपालीले हेल्मेट नलगाएर चलाएको अनटेष्ट मोटरसाइकल प्रहरीले बिहान १० बजे घोराहीको निमाहल रोडबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएको घन्टा बित्न नपाउँदै मोटर साइकल छुटाउन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बिबेक श्रेष्ठ ट्राफिक कार्यालयमा पुगेका थिए। मोटर साइकल छुटाउने क्रममा 'डियुटी'मा खटिएका प्रहरीले आफुलाइ हातपात गरेको श्रेष्ठले बताए। तर, प्रहरी निरिक्षक भण्डारीले भने हातपात नगरेको र सामान्य विवाद भएको बताए।
समस्या जटिल बन्दै गएपछि समस्या समधानको लागि जिल्ला प्रहरी नायब उपरिक्षक विपिन कर्मचार्यको टोली घटनास्थल पुगेको थियो। लामो छलफल पछि हातपात गरेको प्रहरीलाई कारवाहिको लागि बिभागमा पत्रचार गर्ने र सार्वजनिकरुपमा प्रहरीलाई माफि माग्न लगाएको थियो। जसलाई ट्राफिक प्रहरीले आफनो नैतिकता र स्वाभिमानमा आँच पुुगेको र काम गर्ने वातावरण नभएको जनाएको छ। 'नैतिकतामा आँच पुग्ने काम भयो' प्रहरी निरक्षक भण्डारीले भने 'यस्तो वातारणमा हामीले काम गर्न सक्दनौँ।'

व्रेकिङ : लुटद्धारा आम्दानीमा कीर्तिमान


 
loot_in1_400_01
 
‘लुट’ले नेपाली सिनेमा इतिहासमा सर्वाधिक आम्दानीको कीर्तिमान राखेको छ । जारी औपचारिक विवरण अनुसार व्लकवस्टर सिनेमाले २ करोड ५५ लाख (अलनेपाल ग्रस) र ५० लाख (ओभरसिज ग्रस)सहित ३ करोड ५ लाख नेरु ग्रस आम्दानी गरेको हो । स्वदेश वितरक कम्पनी डीसीएनले ‘लुट’ले ४२ दिनमा २ करोड ५५ लाख कूल आम्दानी गरेको औपचारिक तथ्यांक शुक्रबार सार्वजनिक गरेको छ ।  टिकटका झ्यालमा लगातार पिकअप कायम गरेको ‘लुट’को यो ऐतिहासिक कीर्तिमान हो । २ करोड २५ लाख ग्रस कलेक्सन गरेको ‘गोर्खापल्टन’को रेकर्डलाई पनि ‘लुट’ले तोडिदिएको छ ।

धन्यवाद छ मल्टिप्लेक्स थिएटरलाई जसले ‘लुट’ मनपराइदिए र तेहेर्‍याएर हेरे । डीसीएनका अनुसार ‘लुट’को अलनेपाल कलेक्सनमा राजधानीका प्रमुख र पोखराका मल्टिप्लेक्स प्रमुख रहे । ‘लुट’ले राजधानीबाट मात्र २ करोडभन्दा माथि ग्रस बटुलेको छ । बाँकी ५५ लाख मोफसल, त्यसमा पनि पोखराको योगदान रह्यो । क्यूएफएक्सबाट मात्र सिनेमाले सवा करोड ग्रस कलेक्सन गरेको छ । शुक्रबारदेखि सातौं सातामा प्रदर्शन सुरु गरेको ‘लुट’को सोज अकुपेन्सीहरू अझै ९० प्रतिशत र कतै हाउसफूल छन् । गंगामा रात्री सो अझै हाउसफूल हुने गरेको छ ।

ओभरसिजमा अष्ट्रेलिया प्रदर्शनबाट ३० लाख र अमेरिका एक्जिविसन राइट विक्रीबाट २० लाख ग्रस आम्दानी भएको छ । युरोप र बाँकी एसियाली मुलुकहरूको सेयर समावेश गरिएको छैन । भिसिडी राइटबाट २० लाख ग्रस आउने निश्चित छ, यद्यपी कुन कम्पनीलाई राइट बेचिने हो बताइएको छैन । शुक्रबारदेखि सातौं सातामा प्रदर्शन सुरु गर्ने सिनेमा पछिल्लो समय मल्टिप्लेक्स र सिंगल थिएटर गरि ७० पर्दामा प्रदर्शन भैरहेको छ । आगामी १९ गते ग्रान्ड सेरेमोनी आयोजना गरि ‘लुट’ले ५१ दिन मनाउँदैछ । उक्त समारोहमा सिनेमाका कलाकारलाई सम्मान गरिने र सफलताको खुशिमा भोज दिइने भएको छ ।
 
loot_in2_400
 
यस्ता छन् ‘लुट’का रेकर्डहरू
सर्बाधिक कमाउने सिनेमा : २ करोड ५५ लाख (४२ दिन अलनेपाल ग्रस)
सर्वाधिक छिटो करोड कमाउने सिनेमा : ५ दिनमै एक करोड ग्रस आम्दानी
सर्वाधिक सोजको रेकर्ड : क्यूएफएक्समा तेस्रो सप्ताहन्त १५ सोज
सर्वाधिक सिंगल डे रेकर्ड चौंथो साता शनिबार(काठमाडौंभित्र) : १४ लाख ग्रस
एउटै पर्दाबाट सर्वाधिक ग्रसको रेकर्ड : झन्डै डेढकरोड क्यूएफएक्समा (जारी)

The President Travel "picture of the week" चन्द्रबहादुर डाँगी विश्व कै होचा व्यक्ति (फोटो र भिडियो)

काठमाडौँ, फागुन १४ (नागरिक)- ७२ वर्षीय चन्द्रबहादुर डाँगीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ले विश्व कै होचा व्यक्ति भएको आज पुष्टि गरेको छ। उनलाई नाप्न लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ  ५४.६ सेमीमात्र भएको प्रमाणित भएको बताएका हुन्।


लन्डनबाट काठमाडौँ आएको गिनिजको टोलीले लैनचौरको क्लिनिक ट्राभल मेडिसिन सेन्टरमा उनको उचाइ गिनिजको मापदण्ड अनुसार २४ घण्टामा तीन पटक नापेको थियो। 


गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भए अनुसार उनी विश्वमा अहिलेसम्म भेटिएकामध्ये नै सबैभन्दा होचा प्रमाणित भएका हुन्। यो कीर्तिमान यसअघि भारतका गुल  मोहम्मदको नाममा थियो जसको उचाइ ५७ सेमी थियो। जीवित व्यक्ति मध्ये सबैभन्दा होचाको कीर्तिमान चाहिँ यसअघि  फिलिपिन्सका जुन्रे वालाविङको नाममा थियो। 


गिनिज बुकको प्रमाणपत्रका साथ चन्द्रबहादुर डाँगी। तस्बिरः केशव थोकर



गिनिज बुकका प्रधान सम्पादक प्रमाणपत्र दिँदै। तस्बिरः केशव थोकर



चन्द्रबहादुर डाँगीको उचाइ नाप्दै। तस्बिरः केशव थोकर



गिनिज बुकका प्रधानसम्पादक चन्द्रबहादुर डाँगीको उचाइ नाप्दै। तस्बिरः केशव थोकर

संसारकै होचा व्यक्ति 'नाच्न-गाउन सिपालु' संसारकै होचा व्यक्ति 'नाच्न-गाउन सिपालु'



गजेन्द्र बोहरा, दाङ, फागुन १५- 'कान्छा बा संसारभरिकै होचो मान्छे हुनुभयो।'

कान्छा छोरा दोलखबहादुर डाँगीले आइतबार बिहान फोन गरेर यो खबर सुनाउँदा मोतीकला डाँगी गाईवस्तुको गोबर सोहोर्दै थिइन्।
उनले खुसी हुँदै भनिन्, 'राम्रो भो, चाँडो घर लिएर आइज।'
विश्वमा अहिलेसम्मकै सबभन्दा होचो मान्छेका रूपमा आइतबार गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखिएका ७२ वर्षीय चन्द्रबहादुर डाँगीकी भाउजु हुन्, मोतीकला। पश्चिम दाङको पुरन्धारा- ८ रिमखोली निवासी चन्द्रबहादुर काइँली भाउजु मोतीकलासँग बस्दै आएका छन्।
चन्द्रबहादुरका आमाबा सानैमा बितेका थिए। उनी ६ भाइमध्ये पाँचौं हुन्। दाजुहरूको निधन भइसक्यो। कान्छा भाइ छुट्टै घरबार गरेर बसेका छन्। ६० वर्षीया काइँली भाउजु मोतीकलाले उमेरमा जेठा भए पनि नाताले देवर चन्द्रबहादुरलाई छोराजस्तो स्याहार गरेर राखेकी छन्।
'मैले काइँलासँग बिहे गरेर आउँदा नै आमाबा बितिसक्नुभएको थियो,' मोतीकला भन्छिन्, 'अरू भाइपट्टिकाले राम्रो मानेनन्, अनि मैले राखेँ। होचो हुनुहुन्थ्यो, छोराजस्तै लाग्थ्यो।'
चन्द्रबहादुर पहिल्यैदेखि ससाना केटाकेटीसँग मात्रै खेल्ने गर्थे। उमेर छिप्पिँदै गए पनि उनमा त्यहीअनुसार चेत पलाएन। उनले पढ्न पनि पाएनन्। 'एक त त्यो जमानामा लेखपढ नै थिएन, त्यसमाथि यस्तो मान्छेले के पढ्छ र भनेर पठाएनन् होला,' मोतीकला भन्छिन्, 'आफ्नै दाइभाइले घरैमा बाह्रखरी सिकाए, नाउँसम्म लेख्न सक्नुहुन्छ।'
आर्थिक अवस्थाले निकै कमजोर छन् उनीहरू। छुट्टभिन्न हुँदा आफ्नो भागको धेरै सम्पत्ति, भाँडाकुडा र लत्ताकपडासमेत दाइहरूले बेचेर खाइदिएको मोतीकला बताउँछिन्। 'अलिकति खेत थियो, त्यो चाहिँ मैले लडेर बेच्न दिइनँ,' उनी भन्छिन्, 'त्यै ५-६ रोपनीजति होला।'
अविवाहित चन्द्रबहादुरको काइँली भाउजुबाहेक अरू कोही अभिभावक छैन। 'त्यत्ति होचो मान्छेलाई कसले दिन्छ केटी बिहे गर्नलाई?' मोतीकला भन्छिन्, 'अब मै मात्र हुँ, उहाँको आमाबा, दाइभाइ, दिदीबहिनी जे भने पनि।'
कद होचो भए पनि चन्द्रबहादुर घरमा साना केटाकेटी खेलाउन, घर बढार्न, खाना बनाउन लगायत काममा सघाउँछन्। उमेरमा त गोठालासमेत जाने गरेको मोतीकला बताउँछिन्। 'मादल राम्ररी बजाउनुहुन्छ,' उनी भन्छिन्, 'नाच्न, गाउन सिपालु हुनुहुन्छ।'
उनलाई सबभन्दा पहिला हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष प्रिती केसीले २०६५ सालमा तुलसीपुर महोत्सवमा प्रदर्शनीमा राखेका थिए। उनको चर्चा सुरु भएको त्यसपछि नै हो। 'उनी ओझेल परेका थिए, आर्थिक अवस्था पनि कमजोर थियो, सबैले हेर्लान् भनेर महोत्सवमा राख्न पहल गरेँ,' केसीले भने, 'प्रदर्शनीबाट दुईचार पैसा होला भनेर मैले नै उनलाई बाहिर ल्याएको हुँ।'
तुलसीपुर महोत्सवमा सरिक भएपछि उनलाई अन्य ठाउँबाट पनि बोलावट आयो। उनी महोत्सवबाट कमाएको रकम सिधै भाउजुलाई दिने गर्थे। पछिल्लोपटक कैलालीमा महोत्सवमा जाँदा झापाका डाँगीहरूले पूर्वमा पनि लैजाने व्यवस्था मिलाए। उनका भतिजा दोलखबहादुर पनि सँगै गए। उनको चर्चा एकाएक चुलियो। गिनिजबुक आफ वर्ल्ड रेकर्डस्मा अंकित हुनु त्यसैको निरन्तरता हो।
'देवर बाबु कस्ता भया होलान्, चाँडै लिएर आइज भन्याछु' भाउजु मोतीकला भन्छिन्, 'महिना दिनभन्दा बढी भैगो नदेख्या, मलाई हेर्न मन छ।'

 
पूर्व कीर्तिमानधारी खगेन्द्र पनि खुशी
मनोज अधिकारी, पोखरा, फागुन १५- विश्वकै होचो व्यक्तिको प्रमापणपत्र आइतबार दाङका चन्द्रबहादुर डाँगीले पाएपछि सोही विधाका पूर्वकिर्तिमानी खगेन्द्र थापामगर खुशीले दंग परेका छन्। आफुले होचो व्यक्तिको रुपमा नेपालको नाम विश्वमा राखे पनि केही महिनाअघि यो उपाधि खोसिएपछि उनी खिन्न बनेका थिए।
अहिले फेरी ७२ वर्षीय डाँगीले मुलुकको नाम गिनिज बुकमा राखेको सुनेपछि उनी खुशीले दंग परेका हुन्। 'मेरोतर्फबाट पनि उहाँ (डाँगी) लाई बधाई छ है' साता लामो नेपालगञ्ज महोत्सवबाट भर्खरै फर्केर घरमा थकाई मार्दै गरेका खगेन्द्रले भने,'जसले भए पनि नेपालको नाम राख्न सक्नु ठूलो कुरा हो।'
गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले आईतबार काठमाडौंमा सम्पूर्ण शारीरिक परीक्षण गरि डाँगीलाई विश्वकै होचो व्यक्ति भएको पुष्टिसहित प्रमाणपत्र दिएको हो। गिनिजका प्रधान सम्पादक क्रेग ग्लिन्डेका अनुसार डाँगीको उचाई ५४.६ सेमी छ।
यसअघि फिलिपिन्सका जुन्रे बालाविङ ९ महिनाअघि नेपालकै खगेन्द्र थापामगरलाई पछि पार्दै गिनिजको रेकर्ड चढेका थिए। खगेन्द्रले आफुसँग डाँगीको नम्बर भएको भए फोन गरेरै बधाई दिने इच्छा रहेको बताए।
'अहिले प्रत्यक्ष भेट्न वा फोनमा कुरा गर्न नपाए पनि कुनै बेला भेट भए बधाई दिन्छु' उनले भने।
खगेन्द्रले गिनिज बुक टोलीले डाँगीलाई प्रमाणपत्र दिने बेलामा पूर्वकिर्तिमानीको हैसियतमा आफुलाई सहभागी नगराएकोमा भने दुखेसो पोखे। आफुलाई विश्वकै होचो व्यक्तिको प्रमाणपत्र दिने गिनिजको टोलीसँग नेपाल आएको बेलामा भेट्न मन रहेको उनले बताए। नेपालकै अर्का व्यक्तिको किर्तिमान घोषणाको कार्यक्रम नेपालमै भएका बेला आफुलाई पनि बोलाएको भए हुन्थ्यो भन्ने खगेन्द्र थापामगर प्रतिष्ठानको भनाई छ।
'मसँग उहाँ (डाँगी) को फोन नम्बर पनि छैन' खगेन्द्रले भने,'भेट्न नपाए पनि नम्बर भएको भए फोनबाटै पनि बधाई दिन्थें।'
खगेन्द्रले २०६७ असोज २८ गते १८ औं जन्मदिनकै दिन विश्वकै होचो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका थिए। खगेन्द्रको उचाई २ फिट २ दशमलव ४१ ईन्च अर्थात ६७ दशमलव शुन्य ८ सेमी छ। उनलाई प्रमाणपत्र दिन 'गिनिज बुक अफ दि वर्ल्ड रेकर्डस्का' उप-प्रमुख मार्का फ्रिगटीको टोली पोखरा आएको थियो।
फिलिपिन्सका जुन्रे बालाविङ गत जेठमा खगेन्द्रलाई पछि पार्दै विश्वका होचा व्यक्ति बनेका थिए। गिनिज बुकमा बालाविङको नाम लेखिएकै दिन गत जेठ २९ गते खगेन्द्र विश्वकै होचो व्यक्तिको हैसियतबाट बाहिरिएका हुन्। बालाविङ खगेन्द्रभन्दा मात्र २ दशमलव ४ इन्च होचा थिए। जेढ २९ गते १८ वर्ष पुगेकै दिन गिनिजको टोलीले खगेन्द्रको नाम हटाएर बालाविङलाई प्रमाणपत्र दिएको थियो।
पूर्वकिर्तिमानी खगेन्द्र पर्यटन वर्ष २०११ मा पर्यटन बोर्डको सद्भावना राजदूत समेत बनेका थिए। उनले यस क्रममा नेपालको पर्यटन प्रवर्द्धनका लागि अमेरिका, बेलायत, इटाली, स्वीजरल्याण्ड, जर्मनी, बेल्जियम, हल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, कतार, कोरिया, थाइल्याण्ड, भारत लगायतका मुलुकको भ्रमण गर्ने अवसर पाए। ८ महिना विश्वकै होचो व्यक्तिको रुपमा रहँदा उनले थुपै्र औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा प्रमुख आकर्षक अतिथिका रुपमा सहभागी हुने मौका समेत पाए।
हाल पनि उनी मुलुकका विभिन्न जिल्लामा हुने मेला तथा महोत्सवमा आकर्षणको केन्द्रका रुपमा सहभागी हुँदै आएका छन्। खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाकाअनुसार उनले हालै आधादर्जन जिल्लाका महोत्सवमा भाग लिईसकेका छन्। आयोजकहरुले खगेन्द्रलाई २५ हजारदेखि ४० हजार रुपैयाँसम्म शुल्क तिरेर मेलाको आकर्षणका रुपमा निम्त्याउने गरेका छन्।
'हामी भर्खरै एकसाता लामो नेपालगञ्ज महोत्वबाट फर्किएका हौं' रानाले नागरिकसँग भने,'केही दिनको आरामपछि अब छिटै धादिङ, बाग्लुङ र खैरेनी महोत्सवमा जाने कार्यक्रम तय भइसकेको छ।'
२०४९ असोज २८ गते बाग्लुङको धुल्लुबासकोट-६ का बाबु रुपबहादुर र आमा धनमायाको जेठो छोराका रुपमा खगेन्द्र जन्मेका हुन्। उनी गिनिजमा नाम लेखाउने प्रक्रियासँगै दुई वर्षदेखि पोखरा-८ सिमलचौरमा बस्दै आएका छन्।
खगेन्द्र मेला महोत्सव नहुँदा पोखराकै नागढुंगास्थित सरस्वती माविमा पढ्न जान्छन्। उक्त स्कुलले चाहेजति पढाउने सम्झौता गरे पनि बेफुर्सदीका कारण खगेन्द्र केही वर्षयता एलकेजीमै स्थीर छन्।
प्रतिष्ठानका अध्यक्ष रानाले विश्वकै होचो व्यक्तिका रुपमा जसले नाम लेखाए पनि अहिलेसम्म खगेन्द्र अरुभन्दा अतिरिक्त पृथक र प्रतिभावाशाली रहेको दावी गरे।
'खगेन्द्रलाई उछिन्दै जो विश्वकै होचा भए पनि हामी खुशी छौं' उनले भने,'तर खगेन्द्र अरुभन्दा विल्कुल फरक छन्। उनले होचोसहित खुकुरी नाच र कमेडी विधामा पनि मेडल पाएका छन्।'
उनकाअनुसार धेरैजसो शान्त स्वभावका देखिए पनि खगेन्द्र बेला-बेला मुड चल्दा नाच्न र ठट्यौलीमा निकै रमाउने रसिक छन्। 

Sunday, February 19, 2012

The President Travel and Tours "pictures of the week" सूर्य अस्त, नेपाली मस्त


शिवरात्रीको पूर्व संध्यामा पशुपतिनाथ मन्दिर परिसरमा पुग्दा एक बाबा भन्दै थिए-’सूर्य अस्त, नेपाली मस्त, केटा पनि मस्त, केटी पनि मस्त’ । यीनले जय शम्भो भन्नुको सट्टा किन यसो भने होला भन्ने बुझ्दा त गाँजा छ किन्ने भए किन भनेर भनेको रहेछ ।
पछिल्लो समय शिवरात्री र गाँजा पर्यावबाची जस्तै भएको छ । शिवरात्री सुरु हुने भन्दा २/४ दिन अगाडी नै पशुपतिमा बाबाहरुको चहल पहल बढ्छ । उनीहरु पशुपतिको जात्रा सिद्राको ब्यापार भन्ने नेपाली उखानलाई तरितार्थ गर्दै शिवरात्रीमा पशुपतिनाथको दर्शनसँगै गाँजाको ब्यापार गरेर राम्रो कामाई गर्दा रहेका छन् ।

source: onlinekhabar.com 













पशुपति दर्शन आधा घन्टामै



काठमाडौं, फागुन ७ (नागरिक)- पशुपति क्षेत्र विकास कोषले यस वर्ष शिवरात्रि पर्वमा दर्शनार्थी आधा घन्टाभित्रै मन्दिरभित्र दर्शन गरेर फर्कन सक्ने व्यवस्था गरिएको जनाएको छ। सोमबार परेको शिवरात्रि पर्व तयारीबारे कोषले शनिबार पत्रकार सम्मेलन गरी आयोजना गरी आइतबार, सोम र मंगलबार तीन दिन शिवरात्रि पर्व मनाइने र त्यसको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराएको छ। 

'आधा घन्टामै दर्शन गरेर फर्कन मिल्ने गरी सबै तयारी गरेका छौं,' कोषका सदस्यसचिव सुशील नाहाटाले भने 'त्यसका लागि बिहान ४ बजे देखि नै मन्दिरका चारै ढोका खुला राखिनेछन्।'

प्रचार प्रसार उपसमितिका संयोजक उमेश कुइँकेलका अनुसार छिट्टै दर्शन गराउन कोषले चार मन्दिरका चार ढोकाबाट निशुल्क र दक्षिणबाट सशुल्क दर्शन गर्न सक्ने व्यवस्था मिलाएको छ। जसअनुसार मित्रपार्क गुरुस्थान हुँदै रुद्रगाडेश्वर हुँदै बासुकी उत्तर गेट एउटा लाइन रहनेछ भने अर्काे जयबागेश्वरीबाट भुवनवेश्वरी हुँदै पश्चिम सानो गेट, गौशालाबाट वनकाली वृद्धाश्रम हुँदै आर्यघाट छिर्ने पूर्वगेट र गौशालाबाटै चौंसट्टी महादेव दक्षिणगेटबाट दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ। 

पत्रकार सम्मेलनमा नाहाटाले शिवरात्रि पर्वका लागि करिब ५ सय नागा बाबा र ४ हजारभन्दा बढी साधु आउने बताए। उनले पशुपतिनाथमा २० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिक झोला निषेध गरिएको झन्डै १० हजार स्वयंसेवक र ६ हजार सुरक्षाकर्मी परिचालन गरिने बताए।

संस्कृतिमन्त्री गोपाल किराँतीले पशुपतिलाई विश्वका हिन्दुको आस्थाको केन्द्र बनाउन सरकार लागिपरेको बताए। उनले पशुपतिनाथको भेटी पारदर्शी गर्न सरकारले गठन गरेको कार्यदलले दिएको सुझावअनुसार कार्यान्वयन गर्ने सहमति भइसकेकाले अब छिट्टै त्यसलाई लागू गरिने बताए। 'पशुपतिनाथका भट्ट, भण्डारीलाई तलब व्यवस्था गरी भेटीघाटी पारदर्शी गर्न ऐतिहासिक निर्णय भएको छ,' मन्त्री किराँतीले भने 'छिट्टै कार्यान्वयन गर्छौं।'

यसअघि कोषले किराँतीको संयोजकत्वमा २ सय १ सदस्यीय मूल समिति गठन गरेको थियो। त्यसैगरी कोषले छिटो दर्शनका लागि अघिल्लोपटकमा झैं हजार रुपैयाँको टिकट बिक्री गर्ने भएको छ। नाहाटाका अनुसार १५ वटा बैंकमार्फत झन्डै २ हजार दर्शनार्थी टिकट बिक्रीको व्यवस्था मिलाइएको छ। यो टिकट लिनेले १० मिनेटमै मन्दिर दर्शन गर्न सक्नेछन्। यसपालि शिवरात्रिमा ८ लाख दर्शनार्थी भित्र्याउने कोषको अनुमान छ। 

Sunday, February 12, 2012

The Global Insurance "Personality Of the Week" :धर्मराज थापा

धर्मराज थापा (१९८१- ) प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ हुन् । उनलाई जनकवि केशरी का उपनामले चिनिन्छ । उनको जन्म वि.सं. १९८१ साउन १ गते पिता हर्कबहादुर र माता मनमायाका सुपुत्रका रूपमाकास्की जिल्लाको बाटुलेचौरमा भएको हो । उनको बाल्यकालको जन्म भुवनबहादुर हो । उनको हरियो डाडामाथि हलो जोत्ने साथी प्रख्यात छ । प्रख्यात गायिका ज्ञानु राणा उनकै छोरी हुन् ।
उहा को कृति हरु लाई मौलिक, लेखन र गायन गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ । मौलिक लेखनमा गीतकार र कविका रूपमा विशेष गरी चिनिन्छन् भने सङ्कलन र सम्पादनको क्षेत्रमा चाहिँ उहाकोँ क्षत्रे लाके भाका, लाके ध्वनि र लाके साहित्य हो । यसरी लाके गीतका क्षत्रेमा आफ्नो उर्लदों जवानीमा उच्चप्रतिष्ठा बर्ढाई लैजाने काम उहाँबाट भएको छ । प्रारम्भिक चरणदेखि हालसम्म उहाँका कृतिगत रचनाहरू यसरी रहेका छन् :

नेपाली नागरिक भोट हाल्न भारततिर ? सीमा क्षेत्रमा दोहोरो नागरिकको बाहुल्य



२९ माघ, काठमाडौं । दोस्रो जनआन्दोलनपछि सीमाक्षेत्रका लाखौं भारतीयहरुले नेपाली नागरिकता लिएको भन्ने आरोप पुष्टी हुने दृष्यहरु अहिले नेपाल-भारत सीमा क्षेत्रमा देखिएका छन् ।
सुरक्षाका कारण बोर्डर सिल भएपनि हजारौं नेपाली नागरिकताधारी भारतीयहरु घर पुगेर भोट हाल्न दिन माग गर्दै पुलिस गुहारिरहेका छन् । एउटा खल्तीमा नेपाली र अर्को खल्तीमा भारतीय नागरिकता बोकेर हिडेका भारतीयहरुले दुईतिरै राजनीतिक अधिकार प्रयोग गरिरहेका छन् । टाइम्स अफ इण्डियाको अनलाइन संस्करणमा प्रकाशित समाचारमा भनिएको छ-
झण्डै दुई दर्जन मानिस सिमाक्षेत्रको नेपाली भूमिमा उभिरहेका छन् र आफुलाई भारत छिर्न दिनका लागि नेपाली प्रहरीसँग अनुरोध गरिरहेका छन् । भारतीय सीमा प्रहरीका सहायक कमाण्डर रमेश मधेसिया झण्डै २ दर्जन एसएसबीका अधिकारीहरुले चुनावको बेला हुनसक्ने घुसपैठलाई ध्यानमा राख्दै कडा निगरानी गरिरहेका छन् ।
उत्तरप्रदेशको दोश्रो चरणको विधानसभा चुनावलाई ध्यानमा राख्दै सीमा क्षेत्र बन्द गरिएको छ र केबल आकस्मिक काम परेका मानिसलाई मात्र आवतजावत गर्न दिइन्छ । सीमा क्षेत्रभन्दा झण्डै ५० मिटर टाढा रहेको जुगौली ग्राम सभा क्षेत्रको विद्यालयमा एउटा मतदान केन्द्र छ ।
आकस्मिक औषधोपचार तथा रेलको बुकिङ गराएका पैदलयात्रीहरुलाई मात्र सिमा क्षेत्रबाट भारत प्रवेश गर्न दिएका सुनौली सीमाक्षेत्रको आफ्नो घरबाट भोट हाल्न जान लागेका राकेश मधेसिया बताउँछन् ।
यहाँको स्थिति प्रायः एउटै हुन्छ । सीमाक्षेत्रको कडाइका बाबजुत दोहोर नागरिकताधारीहरु भारत प्रवेश गर्छन् र चुनावमा भोट हाल्छन् जसका कारण सीमा क्षेत्रका दुईवटा मतदान केन्द्रमा प्रायः धेरै मत खस्छ । तर भोट हाल्न आएकाहरुलाई यस्तो कुरा सोध्ने हो भने कुट्न बेर लगाउँदैनन् ।
के म नेपाली जस्तो देखिँदैमा नेपालको नागरिक हुँ वा दोहोरो नागरिकता लिएको छु भन्ने हुन्छ ? एकजना मतदाता सुबास भन्छन्-’म ३५ वर्षदेखि भारतमै बसिरहेको छु ।’
नेपाली भेष भएकी अर्की महिला रानी सारा पनि भोट हाल्न लाइनमा बसिरहेकी छिन्, उनले पनि आफु नेपाली नभएको दाबी गर्दै आफु शुद्ध इण्डियन भएको बताउँछिन् । ‘मैले सधै भारतमा भोट हाल्ने गरेकी छु, नेपालमा हालेकी छैन’- उनी भन्छिन् ।
तर मतदान केन्द्र बाहिर रहेका मानव अधिकारवादी डिएन गुप्ताले सुनौली लगायतका सीमा क्षेत्रमा बस्ने धेरै मानिसको दोहोरो नागरिकता रहेको बताउँछन् ।
सामाजिक कार्यकर्ता गुरुजी नौतुनवा क्षेत्रका ८० हजार मानिसले दोहोरो नागरिकता लिएका दाबी गर्छन् । दोहोरो नागरिकता मात्र होइन यो क्षेत्रका धेरै मानिसले दोहोरो सुविधा पनि लिएका छन् । स्थानीय व्यापारीहरु दुबै देशका मोबाइल सीमकार्ड प्रयोग गर्छन् ।
त्यस्तै सीमाक्षेत्रका अन्य गाउँमा पनि यो समस्या विद्यमान छ । अराजी सरकार गाउँमा बस्ने शेरबहादुर आफुहरु भारतीय भएपनि काम गर्न नेपालमा जाने बताउँछन् । नेपालमा दैनिक एक सय ५० भारतीय रुपैयाँ कमाई हुने तर भारतमा भने एक सय २० रुपैयाँमात्र कमाई हुने उनको भनाइ छ । मतदानकेन्द्रमा लाम लागेका मतदाता मोहम्मद अली त्यस क्षेत्रमा दोहोरो नागरिकताको समस्या समाधान गर्न असम्भव रहेको बताउँछन् । एकजना महिला मतदाता नेपालमा राम्रोसँग काम गर्नका लागि नेपाली नागरिकता आवश्यक पर्ने र सेवा सुविधाका लागि भारतको नागरिकता चाहिने बताउँछिन् ।
डण्डा नदीको किनारामा रहेको हर्दी दाली गाउँका पूर्व प्रधान रामबि्रज प्रसाद पनि गाउँमा दोहोरो नागरिकता भएका मानिस रहेको स्विकार्छन् । तर दोहोरो नागरिकता भएका मतदाताको संख्या निकै कम रहेको उनको भनाइ छ । भारतमा घरायसी सामानहरु सस्तो पाइने भएकाले धेरै नेपालीहरुले भारतको नागरिकता लिने स्थानीय व्यापारीहरु बताउँछन् ।

The President Travel and Tours "pictures of the week"






कलाकार सन्तोष पन्तका छोरा प्रतीक (बायाँ) थाइल्याण्डमा लिङ्ग परिवर्तनको शल्यक्रियता गरी फर्कनेक्रममा विमानस्थलमा ।साथमा साथी । 

फोटो: महेश प्रधान/ईकान्तिपुर


 'अब मलाई केटलिन पन्त भन्नु होला,' अलिकति लजाएको लवजमा उनले भनिन्, 'प्रतीक नाम मलाई जहिले पनि अड लाग्थ्यो, त्यो म होइन भनेर अहिले बल्ल प्रमाणित भएको छ ।'
कलाकार सन्तोष पन्तका छोरा प्रतीक अब छोरीमा परिवर्तन भएका छन् । सानैदेखि छोरीको जस्तै व्यवहार गर्ने प्रतीकले २२ दिनअघि थाइल्यान्डको सुर्पोन क्लिनिकमा आफ्ना पुरुष अंगलाई महिला अंगमा परिवर्तन गराएका हुन् । आठ घन्टे शल्यक्रियापछि उनी पूर्णरूपमा युवती बनेको उनको मेडिकल प्रोग्रेस रिपोर्टमा उल्लेख छ । थाइल्यान्डको कन्सुरीमा अवस्थित अस्पतालमा २० दिन आराम गरेपछि उनी शुक्रबार घर फर्किए ।
त्यसलगत्तै १८ वर्षे प्रतीकले लिङ्ग मात्र होइन, नामसमेत परिवर्तन गरेका छन् । र, अब उनी भएका (की) छन्- केटलिन । 
नेपालमा हतपती नसुनिएको यस्तो कार्यलाई पन्त परिवारका सदस्यले सामान्य रूपमा लिएका छन् । घरमा 'लक्ष्मी' को आगमन भएको खुसीमा पन्त परिवारमा हर्षोल्लास छाएको छ । आफन्त एवं शुभेच्छुकले मिठाई एवं फलफूल ल्याएर खुसी बाँडिरहेका छन् ।
'जेठी छोरीको दुर्घटनामा निधन भएपछि हामीले सधैं छोरीको कल्पना गर्‍यौं,' आमा प्रतिभाले कान्तिपुरसँग भनिन्, 'उनी गर्भमा छँदै मैले छोरीको कामना गरेकी थिएँ, आज १८ वर्षपछि साँच्चै छोरी पाउँदा अपार हर्ष लागेको छ ।'
केटलिनका दाजु साकारका अनुसार सानैदेखि गुडियासँग खेल्न मन पराउने र स्त्री शुलभ व्यवहार गर्ने भएकैले परिवारका सदस्यहरूले उनलाई छोरीझैं व्यवहार गर्थे ।  'हामी क्रिकेट खेल्न ब्याट लिएर घरबाट हिँड्दा उनी आमासँग सपिङ जान मन पराउँथिन्,' टेलिभिजन कार्यक्रमका निर्माता साकारले भने, 'जब कोही व्यक्ति मानसिक रूपमा युवती छ भने उसलाई शारीरिक रूपमा पनि त्यो हक दिनुपर्छ भनेर हामीले साहसिक निर्णय गरेका हौं ।'
१७ वर्षको हुँदासम्म दाह्रीजुंगा नपलाएको एवं ठूला गाजलु आँखासहित असाध्यै सुन्दर देखिपछि परिवारले उनलाई विज्ञानको सहयोगले महिला बनाउने निर्णय गरेको हो । उनको शल्यक्रिया गर्न करिब २० लाख खर्च भएको पारिवारिक स्रोतले बताएको छ ।
सात कक्षा पढ्दाताका किशोरी व्यवहार देखाउन थालेपछि परिवारले केही समय मानसिक चिकित्सकको निगरानीमा समेत राखेको थियो । शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकले शरीर पुरुष भए पनि स्त्रीजन्य हार्मोन्स बढी भएकाले त्यही रूपमा स्वीकार गर्न परिवारलाई आग्रह गरेको थियो । चिकित्सककै निगरानीमा उनलाई एक वर्ष महिला साथीहरूसँग राखिएको पनि परिवारका सदस्यले बताए । 'त्यतिबेला महिला समूहमा रहँदा एक पार्टीमा केही युवाले डान्स प्रपोज गरेपछि म आफैं छक्क परें,' केटलिनले भनिन्, 'यसले म राम्री पनि रहेछु, कुनै युवकसँग मेरो विवाह हुन सक्छ भनेर कन्फिडेन्स भयो ।'
चिकित्सकले 'थाइल्यान्डमा गएर अप्रेसन गर्न सक्छौ' भनेर हौसला दिएपछि आफू शारीरिक रूपमै महिला बनेको उनले बताइन् । चिकित्सकले उनमा रहेको अपुग महिला हार्मोन विकसित गर्न एक वर्षसम्म औषधि सेवन गराएका थिए । औषधि सेवनले उनको स्तन जवान युवतीको झैं बनेपछि थाइल्यान्डका वरिष्ठ जेन्डर चिकित्सक डा. सुपोर्नले शल्यक्रिया गरी पुरुष यौनाङ्गलाई पनि परिवर्तन गरेर स्त्री यौनाङ्ग बनाएका हुन् ।
'पुराना अंगको कुनै पनि नसा नफ्याँकीकन नयाँ अंग बनाइएको छ,' केटलिनले भनिन्, 'धेरै मानिसलाई ममा महिला अंग छैन कि भन्ने भ्रम भएको छ, तर म पूर्णरूपमा युवती भइसकेकी छु ।' डा. सुपोर्नले दिएको प्रोग्रेस रिपोर्टअनुसार उनी तीन महिनापछि शारीरिक सम्पर्क गर्न सक्ने अवस्थामा पुग्छिन् भने एक वर्षपछि पूर्ण स्वस्थ बन्न सक्छिन् । केटलिनले भविष्यमा असल युवकसँग विवाह गर्ने इच्छा राखेकी छन् । गर्भाधान गर्न चाहेको खण्डमा भने उनले छुट्टै शल्यक्रिया गरी पाठेघर प्रत्यारोपण गर्नुपर्ने छ । उनले हार्मोन्स प्रयोग गरी स्तन बढाएको र टाटुसमेत खोपाएको समाचार आएको थियो । 'मैले स्तनमा टाटु खोपाएकी छैन,' लिङ्ग परिवर्तनपछि पहिलोपल्ट कान्तिपुरसँग कुरा गर्दै उनले भनिन् ।
उनले केही वर्ष पहिले टेलिभिजन कार्यक्रम 'हिजो आजका कुरा' एवं केही विज्ञापनमा बालकलाकारको भूमिकामा समेत खेलेकी थिइन् । एसएलसीमा डिस्टिङसन एवं 'ए' लेभलमा प्रथम श्रेणीमा हालै उत्तीर्ण भएकी उनी औषधि विज्ञानमा विद्यावारिधि गर्ने योजनामा छिन् ।
नागरिकता र पासपोर्टमा पुरुष चिनारी रहेकाले विदेश जाँदा वा नेपालमा कुनै काम गर्दा अप्ठ्यारो पर्ने भएकाले नागरिकतामा पनि लिङ्ग परिवर्तन उल्लेख गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएकी छन् ।

अमेरिकी राष्ट्रपति ओबामाको हत्या योजना बनाइएको खुलासा

वासिङ्टन (अमेरिका), माघ २८ (एजेन्सी)– अमेरिकी राष्ट्रपति बाराक ओबामाको हत्या योजना बनाएको एक उजबेक नागरिकले स्वीकार गरेका छन्। २२ वर्षीय उलुजबेक कोदिरोवले अमेरिकाको दक्षिण क्षेत्रमा अवस्थित एक अदालतमा चलिरहेको मुद्दाको सुनुवाईका क्रममा उक्त स्वीकारोक्ति गरेका हुन्। 


कोदिरोवमाथि उग्रपन्थी गतिविधिमा सामेल हुनुका साथै गैरकानुनी हतियार राखेको सम्बन्धमा मुद्दा चलिरहेको छ। उनी गत जुलाईमा पक्राउ परेका थिए।

एसीसी जित्‍ने महिला क्रिकेटरलाई बीस हजार रुपियाँसहित सम्मान


काठमाडौँ, माघ २९- दुई दिनअघि कुवेतमा सम्पन्न तेस्रो एसियाली यु-१९ क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई आज सम्मान गरिएको छ। 

कार्यक्रममा खेलाडीहरूलाई खेलकुदमन्त्री कमला रोक्काले प्रति खेलाडी रु. २० हजार रुपियाँ प्रदान गरिन्। सो रकम नेपाल क्रिकेट सङ्घ (क्यान) ले उपलब्ध गराएको हो।

मन्त्री रोक्काले दुई लाख पुरस्कारका लागि मन्त्रिपरिषदमा कुरा राख्‍ने बताइन्।
त्यस अवसरमा चौधरी ग्रुपले पनि महिला क्रिकेट खेलाडीहरुलाई रु. ५१ हजार प्रदान गरेको थियो।
सम्मान ग्रहणपछि नेपाली महिला क्रिकेट खेलाडी सोनु खड्काले आफूहरुलाई पढाइको लागि चाहिने उचित खर्च सरकारले व्यहोरी दिए आगामी दिनमा अझ राम्रो खेल प्रदर्शन हुने बताए।

एसिसी यु-१९ महिला क्रिकेटमा नेपालले लगातार तीनपटक उपाधि उचालेको छ। यसअघि सन् २००८ र २०१० मा नेपालले यस प्रतियोगिताको उपाधि जितेको थियो। रासस

Sunday, February 5, 2012

Bollywood Hot Actress Singing Nepali Kolaveri Di.

‘लुट’द्धारा सिंगल डे ग्रसको रेकर्ड



नेपाली ब्लकबस्टर ‘लुट’ले सर्वाधिक सिंगल डेको कलेक्सन रेकर्ड राखेको छ । शनिबार एउटै दिनमा ‘लुट’ले १४ लाख ग्रस आम्दानी गर्‍यो । यो अहिलेसम्मकै उच्च सिङ्गल डे कलेक्सन रेकर्ड हो । वितरक नरेन्द्र महर्जनले शनिबार स्क्रिनिङ गरिएका ३५ पर्दाबाट उक्त सेयर संकलन भएको बताए । पहिलो, दोस्रो र तेस्रो सप्ताहन्तभन्दा चौंथो सप्ताहन्तको शनिबार ‘लुट’ आक्रामक देखियो । यद्यपी, १ करोड ६७ लाखपछिको औपचारिक कूल ग्रस भने खुलाइएको छैन ।
 
loot_in_400_02
 
‘लुटले शनिबारमात्रै १४ लाख कमायो’ महर्जनले भने, ‘नेपाली सिनेमामा यो पहिलोपटक हो ।’ ‘लुट’को यो सिंगल डे रेकर्ड कतिपय सिनेमाको कूल ग्रस हो । शनिबार ३५ पर्दामा उक्लिएको ‘लुट’ आइतबार पुनः २८ पर्दामा झरेको छ । शनिबार १५ सो उपलब्ध गराएको क्यूएफएक्सले आफ्नो संजालबाट ८ सो कटौती गरेको छ भने जयनेपाल थिएटरबाट अरु सिनेमा हटाएर ‘लुट’लाई मात्र सिंगल प्रदर्शनको मौका दिएको छ । महर्जनले मुलुकको सबै विवरण संकलन नभैसकेकाले कूल आम्दानी सार्वजनिक गर्नमा ढिलाइ भैरहेको बताए ।


चौंथो साताको सप्ताहन्तमा अग्रिम बुकिङ तीव्र भएपछि क्यूएफएक्सले १५ सो उपलब्ध गराएको थियो । यद्यपी, शुक्रबार रिलिज भएको सिनेमा ‘काठमाण्डू’भन्दा ‘लुट’को अकुपेन्सी बढी छ । १५ सो पाउने ‘लुट’ नेपाली रजतपटकै एकमात्र सिनेमा हो । ‘लुट’को यो अर्को रेकर्ड हो । सिनेमालाई आगामी साताबाट बिग सिनेमाज्मा पनि प्रदर्शन गर्ने तयारी भैरहेको महर्जनले जनाए । अष्ट्रेलियाको पाँच सोबाट ‘लुट’ले गतसाता साढे २२ लाख ग्रस कमाएको थियो ।