वर्षमा १ अर्ब अमेरिकी डलर नाफा गरेको चर्चित सामाजिक संजाल फेसबुकका मालिक मार्क जुकरबर्गको तलब वर्षको जम्मा १ डलरमात्र हुने भएको छ । कम्पनीको नाफा निकै उच्च हुँदै गएको र सार्वजनिक कम्पनीको रुपमा शेयर समेत जारी गर्ने तयारी गरिरहेको फेसबुकका मालिक जुकरबर्गले सन् २०१३ देखि आफुले वर्षमा जम्मा १ डलर मात्र तलब बुझ्ने घोषणा गरेका हुन् । हुनत अहिलेपनि जुकरबर्गले जम्मा ५ लाख डलर मात्र तलब खाँदै आएका छन् जुन विश्वका कैयौँ ठूला बैंक वा कम्पनीका हाकिमहरुको भन्दा निकै कम हो ।
फेसबुकले सन् २०११ मा कमाएकोमा १ अर्ब डलर मुनाफा मध्ये ८५ प्रतिशत विज्ञापनबाट कमाएको हो । विश्वमा अहिले ८४ करोड ५० लाख फेसबुक प्रयोगकर्ता छन् र वर्षेनी फेसबुक प्रयोग गर्नेको संख्या ४० प्रतिशतले बढिरहेको छ । जुकरबर्गले ८ वर्षअघि साथीहरुसाग मिलेर फेसबुकको स्थापना गरेका हुन् ।
No comments:
Post a Comment