Sunday, February 5, 2012

The President Travel and Tours "picture of the week" चिसोबाट जोगाउन बाँदरलाई वाइन


असताना (कजाकस्तान), माघ २२ (एजेन्सी)– चिसोका कारण अहिले सम्पूर्ण युरोप र एसियाका केही भागमा जनजीवन प्रभावित भएको छ। यस्तो अवस्थामा पूर्व सोभियत राज्य कजाकस्तानको प्रख्यात करगंडा चिडियाखानाका बाँदरहरू चिसोबाट जोगाउन वाइनबाट बनाइएको पेय दिन थालिएको छ।त्यहाँ अहिले तापमान घटेर शून्यबाट ४० डिग्री सेल्सियससम्म तल फुगेको छ।  त्यस चिडियाखानाका पशु विशेषज्ञ स्वेत्लाना पिलयुकले यो जनावरलाई मादक पदार्थ दिएको नभई उनीहरूलाई शान्त गर्ने उपायमात्र भएको बताइन्। यस काँडामा पहिला रेड वाइनमा तातो पानी मिसाइन्छ र त्यसपछि त्यसमा चिनी तथा फल मिलाउने गरिन्छ।

यो चिडियाखानामा अचेल सामान्य कुरा भएको स्वेतलानाले बताइन्। तर लण्डनका चिडियाखानासँग सम्बन्धित व्यक्तिका अनुसार यो ठीक नभएको बिबिसीले जनाएको छ। जुलोजिकल सोसाइटी अफ लण्डनकी प्रवक्ता एमा एडवर्ड्सका अनुसार जनावरहरूलाई कुनै पनि किसिमको मादक पदार्थ दिइनुहँुदैन। किनभने यसबाट उनीहरूको रगतको तापमान कम हुने गर्छ।





बाँदरहरूहलाई केतलीबाट वाइनले बनाइएको काँडा पिलाइएको एउटा भिडियोमा देखाइएको छ। हुन त गर्भधारण गरेका पशु तथा साना बाँदरलाई यो पदार्थ नपिलाइएको एएफपीले जनाएको छ। सन् १९३० बाट सञ्चालनमा रहेको करगंडा चिडियाखानामा लगभग १ सय ६० पशुको प्रजाति रहन्छन्। जसमा धेरै लुप्त हुने स्थितिमा छन्। यहाँ लामो समयदेखि आर्थिक समस्या देखिँदै आएको छ। पछिल्लो केही वर्षदेखि पैसा जुटाउनका लागि जनावरको ब्युटी कन्टेस्ट पनि आयोजना हँुदै आएको छ।

No comments:

Post a Comment