Sunday, February 26, 2012

वर्दी फुकाले ट्राफिक प्रहरीले

दाङ, फागुन १३ (नागरिक)- मोटरसाइकल चलाउँदा हेल्मेट नलगाएका एकजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेपछि यहाँको ट्राफिकलाई सार्वजनिक रूपमा माफी मगाइएको छ। आफूहरुले ट्राफिक नियम पालना गर्न लगाउँदा सार्वजनिक बेइज्जत गराएको भन्दै प्रहरीहरुले 'वर्दी' फुकालेका छन्। 

जिल्ला ट्राफिक कार्यालयमा कार्यरत प्रहरी 'नैतिकता'को प्रश्न उठाउँदै बरु जागिरै छोड्ने मनस्थितिमा समेत पुगिसकेका छन्।
कार्यालयमा प्रहरी निरिक्षक पुर्णवहादुर भण्डारीको नेतृत्वमा १३ जनाको टोली छ। शुक्रवार बिहान प्रहरीले नियन्त्रणमा लिएको 'अनटेष्ट' मोटरसाइकको विषयमा गलत कुरामा माफी माग्न लगाएको प्रहरीले बताएको छ। एमाले निकट युवा संघका घोराही नगरकमिटि सदस्य गणेश नेपालीले हेल्मेट नलगाएर चलाएको अनटेष्ट मोटरसाइकल प्रहरीले बिहान १० बजे घोराहीको निमाहल रोडबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएको घन्टा बित्न नपाउँदै मोटर साइकल छुटाउन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बिबेक श्रेष्ठ ट्राफिक कार्यालयमा पुगेका थिए। मोटर साइकल छुटाउने क्रममा 'डियुटी'मा खटिएका प्रहरीले आफुलाइ हातपात गरेको श्रेष्ठले बताए। तर, प्रहरी निरिक्षक भण्डारीले भने हातपात नगरेको र सामान्य विवाद भएको बताए।
समस्या जटिल बन्दै गएपछि समस्या समधानको लागि जिल्ला प्रहरी नायब उपरिक्षक विपिन कर्मचार्यको टोली घटनास्थल पुगेको थियो। लामो छलफल पछि हातपात गरेको प्रहरीलाई कारवाहिको लागि बिभागमा पत्रचार गर्ने र सार्वजनिकरुपमा प्रहरीलाई माफि माग्न लगाएको थियो। जसलाई ट्राफिक प्रहरीले आफनो नैतिकता र स्वाभिमानमा आँच पुुगेको र काम गर्ने वातावरण नभएको जनाएको छ। 'नैतिकतामा आँच पुग्ने काम भयो' प्रहरी निरक्षक भण्डारीले भने 'यस्तो वातारणमा हामीले काम गर्न सक्दनौँ।'

No comments:

Post a Comment