Sunday, February 12, 2012

एसीसी जित्‍ने महिला क्रिकेटरलाई बीस हजार रुपियाँसहित सम्मान


काठमाडौँ, माघ २९- दुई दिनअघि कुवेतमा सम्पन्न तेस्रो एसियाली यु-१९ क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई आज सम्मान गरिएको छ। 

कार्यक्रममा खेलाडीहरूलाई खेलकुदमन्त्री कमला रोक्काले प्रति खेलाडी रु. २० हजार रुपियाँ प्रदान गरिन्। सो रकम नेपाल क्रिकेट सङ्घ (क्यान) ले उपलब्ध गराएको हो।

मन्त्री रोक्काले दुई लाख पुरस्कारका लागि मन्त्रिपरिषदमा कुरा राख्‍ने बताइन्।
त्यस अवसरमा चौधरी ग्रुपले पनि महिला क्रिकेट खेलाडीहरुलाई रु. ५१ हजार प्रदान गरेको थियो।
सम्मान ग्रहणपछि नेपाली महिला क्रिकेट खेलाडी सोनु खड्काले आफूहरुलाई पढाइको लागि चाहिने उचित खर्च सरकारले व्यहोरी दिए आगामी दिनमा अझ राम्रो खेल प्रदर्शन हुने बताए।

एसिसी यु-१९ महिला क्रिकेटमा नेपालले लगातार तीनपटक उपाधि उचालेको छ। यसअघि सन् २००८ र २०१० मा नेपालले यस प्रतियोगिताको उपाधि जितेको थियो। रासस

No comments:

Post a Comment