‘लुट’ले नेपाली सिनेमा इतिहासमा सर्वाधिक आम्दानीको कीर्तिमान राखेको छ । जारी औपचारिक विवरण अनुसार व्लकवस्टर सिनेमाले २ करोड ५५ लाख (अलनेपाल ग्रस) र ५० लाख (ओभरसिज ग्रस)सहित ३ करोड ५ लाख नेरु ग्रस आम्दानी गरेको हो । स्वदेश वितरक कम्पनी डीसीएनले ‘लुट’ले ४२ दिनमा २ करोड ५५ लाख कूल आम्दानी गरेको औपचारिक तथ्यांक शुक्रबार सार्वजनिक गरेको छ । टिकटका झ्यालमा लगातार पिकअप कायम गरेको ‘लुट’को यो ऐतिहासिक कीर्तिमान हो । २ करोड २५ लाख ग्रस कलेक्सन गरेको ‘गोर्खापल्टन’को रेकर्डलाई पनि ‘लुट’ले तोडिदिएको छ ।
धन्यवाद छ मल्टिप्लेक्स थिएटरलाई जसले ‘लुट’ मनपराइदिए र तेहेर्याएर हेरे । डीसीएनका अनुसार ‘लुट’को अलनेपाल कलेक्सनमा राजधानीका प्रमुख र पोखराका मल्टिप्लेक्स प्रमुख रहे । ‘लुट’ले राजधानीबाट मात्र २ करोडभन्दा माथि ग्रस बटुलेको छ । बाँकी ५५ लाख मोफसल, त्यसमा पनि पोखराको योगदान रह्यो । क्यूएफएक्सबाट मात्र सिनेमाले सवा करोड ग्रस कलेक्सन गरेको छ । शुक्रबारदेखि सातौं सातामा प्रदर्शन सुरु गरेको ‘लुट’को सोज अकुपेन्सीहरू अझै ९० प्रतिशत र कतै हाउसफूल छन् । गंगामा रात्री सो अझै हाउसफूल हुने गरेको छ ।
ओभरसिजमा अष्ट्रेलिया प्रदर्शनबाट ३० लाख र अमेरिका एक्जिविसन राइट विक्रीबाट २० लाख ग्रस आम्दानी भएको छ । युरोप र बाँकी एसियाली मुलुकहरूको सेयर समावेश गरिएको छैन । भिसिडी राइटबाट २० लाख ग्रस आउने निश्चित छ, यद्यपी कुन कम्पनीलाई राइट बेचिने हो बताइएको छैन । शुक्रबारदेखि सातौं सातामा प्रदर्शन सुरु गर्ने सिनेमा पछिल्लो समय मल्टिप्लेक्स र सिंगल थिएटर गरि ७० पर्दामा प्रदर्शन भैरहेको छ । आगामी १९ गते ग्रान्ड सेरेमोनी आयोजना गरि ‘लुट’ले ५१ दिन मनाउँदैछ । उक्त समारोहमा सिनेमाका कलाकारलाई सम्मान गरिने र सफलताको खुशिमा भोज दिइने भएको छ ।

यस्ता छन् ‘लुट’का रेकर्डहरू
सर्बाधिक कमाउने सिनेमा : २ करोड ५५ लाख (४२ दिन अलनेपाल ग्रस)
सर्वाधिक छिटो करोड कमाउने सिनेमा : ५ दिनमै एक करोड ग्रस आम्दानी
सर्वाधिक सोजको रेकर्ड : क्यूएफएक्समा तेस्रो सप्ताहन्त १५ सोज
सर्वाधिक सिंगल डे रेकर्ड चौंथो साता शनिबार(काठमाडौंभित्र) : १४ लाख ग्रस
एउटै पर्दाबाट सर्वाधिक ग्रसको रेकर्ड : झन्डै डेढकरोड क्यूएफएक्समा (जारी)

No comments:
Post a Comment