२२ माघ, काठमाण्डौ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले कसरी भनुँ ? परराष्ट्रका प्रतिनिधिले पो केही गर्न सक्छन कि ?
यो भनाई मुलुकका कार्यकारी प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हो । केही बिदेशी राजदूतहरुले आफुलाई भेट्न आउंदा सामुन्नेमै उपरखुट्टी लगाउने गरेकोमा प्रधानमन्त्रीलाई साह्रै चित्त दुखेको रहेछ । त्यसैले उनले केही समयअघि संचारकर्मीसँगको भेटमा यस्तो गुनासो पोखे ।
पत्रपत्रिकामा पनि केही ठूला देशका राजदूतले प्रधानमन्त्रीलाई भेट्दा उपरखुट्टी लगाएका र केही मन्त्रीलाई धाप लगाउँदै गरेका तस्वीर बेला बेला देख्न पाइन्छ । बरु हाम्रै प्रधानमन्त्री भने शिष्ट तरिकाले खुट्टा भुईँमा राखेर बसेका देखिन्छन् ।
तर प्रधानमन्त्रीको गुनासोबारे परराष्ट्रका अधिकारीपनि केही गर्न सकिने अबस्थामा छैनन् । सम्बन्धीत मुलुककका राजदूतले नै शिष्टाचारबारे ध्यान दिनुपर्ने उनीहरुको भनाई छ । अन्तराष्ट्रिय सन्धी वा नियमहरुमा यसबारे कुनै स्पष्ट मान्यता नरहेकाले र सम्बन्धीत देशका राजदूतले यस्ता आचरणबारे ख्याल गर्नुपर्ने बताएको राजधानी दैनिकले छापेको छ ।
No comments:
Post a Comment