Sunday, February 5, 2012

एसीसी यु-१९ कपमा नेपालको लगातार तेस्रो जित



काठमाडौं, माघ २२ (नागरिक)- एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ। आइतबार कुवेतमा भएको खेलमा युएईलाई ६८ रनले पराजित गर्दै तेस्रो जित हात पारेको हो। टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २५ ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनायो।

प्रतिउत्तरमा १ सय ५९ रनको लक्ष्य पाएको युएईले सबै ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै ९० रनमात्र जोड्यो। यसअघि नेपालले चिन र मलेसियालाई पराजित गरेको थियो।

No comments:

Post a Comment